• २०७८ साउन ९ शनिबार

अमेरिकामा भोलिदेखि कोरोना विरुद्धको खोप लगाउन सुरु गरिने

अमेरिकामा भोलिदेखि कोरोना विरुद्धको खोप लगाउन सुरु गरिने


  • ओएसनेपाल
  • मंसिर २८ २०७७, आइतबार
  • १०:२५ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < २ मिनेट
  • 627
    SHARES

    काठमाण्डौ- अमेरिकामा भोलिदेखि कोरोना  विरुद्धको खोप लगाउन सुरु गरिने भएको छ । बिबिसीले जनाए अनुसार भोली देखी फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप भोलिदेखि लगाउन सुरु गरिन लागिएको हो ।एफडीएले यो खोप प्रयोग गर्न गत शुक्रबार अनुमती दिएको थियो ।

    ३३ करोड जनसंख्या भएको अमेरिकाका झण्डै ३० लाख जनाका लागि मात्र यो खोप पुग्ने बताइएको छ किनकी फाइजरले पहिलो चरणमा डिसेम्बर अन्त्यसम्ममा अमेरिकाका लागि ६४ लाख डोज तयार पार्ने योजना बनाएको छ । तर उसको खोप पूर्ण हुन दुईवटा डोज आवश्यक पर्ने भएकाले ३० लाख जनाका लागि मात्र पुग्ने भएकोे हो ।
     फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोपलाई अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन ९एफडीए०ले यसलाई कोरोना भाइरसविरुद्ध ९५ प्रतिशत प्रभावकारी र सुरक्षित भनेको छ । कोरोना महामारीबाट अमेरिका विश्वमै सबैभन्दा बढी प्रभावित देश हो । यसअघि बेलायतमा यो खोपलाई स्वीकृति दिएसँगै खोप लगाउने कार्य सुरु भइसकेको छ भने क्यानडाले पनि स्वीकृति दिइसकेको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com