• २०७८ साउन ९ शनिबार

निर्वाचन समिति गठन

निर्वाचन समिति गठन


  • ओएसनेपाल
  • असार १७ २०७८, बिहिबार
  • १२:२६ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < २ मिनेट
  • 665
    SHARES

    गैरआवासीय नेपाली सङ्घले निर्वाचन समिति गठन गरेको छ । सङ्घका अध्यक्ष कुमार पन्तले आगामी अक्टोबरमा १० औं अन्तर्राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने सङ्घको पदाधिकारी निर्वाचन सम्पन्न गर्न विधानको उपदफा २१।१ बमोजिम निर्वाचन समिति गठन गर्नुभएको हो ।समितिका प्रमुख निर्वाचन आयुक्तमा वरिष्ठ अधिवक्ता लीलामणि पौड्याल (नेपाल) रहनुभएको छ । त्यस्तै सदस्यमा सङ्घका संरक्षक रामप्रताप थापा (जर्मनी), डा गणेश गुरुङ (नेपाल), डा देवकाजी डङ्गोल (कतार), चिरञ्जीवी ढकाल (बेलायत), डा विष्णुमाया परियार९अमेरिका  तथा सदस्य सचिवमा भूषण घिमिरे (जापान) रहनुभएको सङ्घको सचिवालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com