• २०७८ साउन ९ शनिबार

प्रधानमन्त्री देउवा आजै विश्वासको मत लिँदै

प्रधानमन्त्री देउवा आजै विश्वासको मत लिँदै


  • ओएसनेपाल
  • साउन ३ २०७८, आइतबार
  • ७:०१ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < २ मिनेट
  • 380
    SHARES

    प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिनुहुने भएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उहाँले विश्वासको मत लिन लाग्नुभएको हो ।कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सङ्घीय संसद् सचिवालयमा प्रधानमन्त्री देउवाले सदनबाट विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव दर्ता गराउनुुभएको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताउनुभयो ।सर्वोच्च अदालतको आदेशमा प्रतिनिधिसभा पुनःस्थापनासँगै प्रधानमन्त्रीमा नियुक्त हुनुभएका नेपाली कांग्रेसका सभापति देउवाले संवैधानिक प्रवधानअनुसार विश्वासको मत लिन लाग्नुभएको हो । उहाँ गत असार २९ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com