• २०७९, जेठ ६ गते शुक्रवार

ताजा अपडेट

१२ जनामा सङ्क्रमण

७ घण्टा अगाडि

१२ जनामा सङ्क्रमण

७ घण्टा अगाडि

ट्रेन्डिङ

राजनीति
प्रकाशित: जेठ ५, २०७९ बिहिवार

प्रमुखमा रहेका तीन महिला उम्मेदवार नै पराजित

स्याङ्जामा तीन पालिका प्रमुख तथा अध्यक्षमा उम्मेदवारी दिएका तीन महिला पराजित हुनुभएको छ । एघार पालिकामध्ये स्याङ्जाको पुतलीबजार नगरपालिका, अर्जुनचौपारी गाउँपालिका र कालीगण्डकी गाउँपालिकाको प्रमुख तथा अध्यक्षमा उम्मेदवारी दिनुभएका तीन महिला पराजित हुनुभएको हो । पुतलीबजार

प्रकाशित: जेठ ५, २०७९ बिहिवार

कैलारीमा कांग्रेस निर्वाचित

कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजसमझ चौधरी निर्वाचित हुनुभएको छ । चौधरीले १० हजार ४९२ मत प्राप्त  गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का लाजुराम चौधरीले छ  हजार ४३० मत प्राप्त गर्नु भएको

प्रकाशित: जेठ ५, २०७९ बिहिवार

सुनवल नगरमा एमालेको नेतृत्व

गठबन्धनलाई हराउँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेस तथा नेकपा (माओवादी केन्द्र)बीचको गठबन्धनलाई पराजित गर्दै नगर प्रमुख र उपप्रमुख दुवै पदमा एमालेले विजयी हासिल गरेको हो

प्रकाशित: जेठ ५, २०७९ बिहिवार

पोखराको प्रमुख पदमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता

स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् ।पोखरा महानगरको जारी मतगणनामा ५२ हजार ८१७ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले

प्रकाशित: जेठ ५, २०७९ बिहिवार

बझाङका १२ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक

यहाँका १२ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामध्ये नेपाली कांग्रेस छ, नेकपा (एमाले) तीन, नेकपा (माओवादी केन्द्र) दुई र नेकपा (एकीकृत समाजवादी)ले एक स्थानीय तहमा जित

प्रकाशित: जेठ ५, २०७९ बिहिवार

विराटनगरमा कोइरालाको चार हजार बढीको अग्रता

विराटनगर महानगरपालिकामा गठबन्धन दलका प्रमुखको उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाले चार हजार ८३५ मतले अग्रता लिनुभएको छ । यसैगरी गठबन्धन दल जनता समाजवादी पार्टी, नेपालका तर्फबाट उपप्रमुखका उम्मेदवार अमरेन्द्र यादव प्रतिस्पर्धीसँग ६ हजार ७३७ मतले

प्रकाशित: जेठ ५, २०७९ बिहिवार

ललितपुर महानगरमा नौ वडाको गणना सकियो

ललितपुर महानगरपालिकमा हालसम्म नौ वटा वडाको मतगणना हुँदा पाँच वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।  नेकपा (एकीकृत समाजवादी)ले  दुई र नेकपा एमालेले  एक र एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन्  । नेपाली कांग्रेसबाट

प्रकाशित: जेठ ५, २०७९ बिहिवार

‘अर्थतन्त्रको सुधारका लागि पहल गरिएन ’

प्रतिनिधिसभाको आजको बैठकमा पनि आर्थिक वर्ष २०७९÷८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी छ ।बैठकमा नेकपा (एमाले)का सांसद भीमबहादुर रावलले अर्थतन्त्रको सुधारका लागि पहल गर्न नखोजेको आपत्ति जनाउँनुभयो

प्रकाशित: जेठ ५, २०७९ बिहिवार

कामपा–४ मा एमालेको प्यानलै विजयी

काठमाडौँ महानगरपालिका–४ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दिनेश महर्जनको प्यानलै विजयी भएको छ । उहाँ नेपाली कांग्रेसका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद नयौपानेलाई दुई हजार ३१५ मतले पछि पार्दै प्यानलसहित विजय हुनुभएको हो । त्यसैगरी सदस्यमा एमालेका

प्रकाशित: जेठ ५, २०७९ बिहिवार

पाल्पाको रम्भामा मतगणना अन्योल

पाल्पाको रम्भा गाउँपालिका मतगणना अझै सुरु हुन सकेको छैन । वडा नं ५ ताहुँको मतगणनाका क्रममा विवाद भएपछि गत वैशाख ३१ गते साँझ ५ बजेदेखि अगाडि बढ्न नसकेको हो । मतगणनामा खटिएका कर्मचारी र राजनीतिक दलका

प्रकाशित: जेठ ५, २०७९ बिहिवार

सिरहाको दुई नगरमा एमाले विजयी

सिरहा र कर्जन्हा नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । सिरहा नगरको उपप्रमुखमा पनि एमालेले नै जित हासिल गरेको छ । सिरहाको नगरप्रमुखमा डा नवीन यादव र उपप्रमुखमा बबिताकुमारी साह विजयी हुनुभएको छ

© 2022 All Right Reserved osnepal.com