• २०७९, जेठ ७ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

समाज
प्रकाशित: चैत्र १३, २०७८ आइतवार

दलित बस्तीका १३ घरमा आगलागी

सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवास्थित दलित बस्तीमा शनिवार साँझ आगलागी हुँदा १३  घर जलेर नष्ट भएका छन् । आगलागीबाट करिब रु २६ लाख बराबरको क्षति भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीमा घरभित्र राखिएको

प्रकाशित: चैत्र ११, २०७८ शुक्रवार

‘फोहर व्यवस्थापनबाट जैविक मल बनाउने नीति आवश्यक’

बढ्दो जनसङ्ख्या र सहरीकरणसँगै उत्पन्न हुने फोहर व्यवस्थापन हुन नसक्दा वातावरणीय प्रदूषण बढ्दै गएको छ । यसले एकातिर सहर तथा गाउँ बस्ती कुरुप हुँदै गएका छन् भने अर्कातिर खेतीयोग्य जमिनको उर्वरा शक्तिमा ह्रास आएको छ

प्रकाशित: चैत्र १०, २०७८ बिहिवार

सहकारीमा जोडिँदै महिला उद्यमी

खजुरा गाउँपालिकाका क्रियाशील महिला उद्यमी समूह सहकारी संस्थामा रुपान्तरण हुन थालेका छन् । उक्त गाउँपालिकामा सञ्चालित कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाअन्तर्गत विभिन्न समूहमा आवद्ध महिला अब सहकारीको बाटोमा अग्रसर हुन थालेका हुन् । गाउँपालिकाका तीन

प्रकाशित: चैत्र १०, २०७८ बिहिवार

सिम्लेमा सिँचाइ नहर

म्याग्दीको रघुगङ्गा गाउँपालिका– २ भगवतीमा खरविर–सिम्ले सिँचाइ योजनाको नहर निर्माण भएको छ । खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालय म्याग्दीको अनुदान सहयोगमा उपभोक्ता समितिले पक्की संरचना बनाएका हुन् । कार्यालयका सव–ईञ्जिनियर अञ्जन खत्रीले ४५० मिटर

प्रकाशित: चैत्र १०, २०७८ बिहिवार

मधेसमा विद्युत् महसुल नतिर्ने १२ हजार ८३३ ग्राहकको लाइन काटियो

मधेस प्रदेशमा लामो समयदेखि विद्युत् महसुल नतिर्ने १२ हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटिएको छ । विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामका अनुसार विद्युत् उपभोग गरे पनि लामो समयसम्म विद्युत् महसुल नबुझाउने १२ हजार

प्रकाशित: चैत्र १०, २०७८ बिहिवार

काठमाडौँ उपत्यकाका २५ सम्पदास्थलमा विशेष सफाइ

महाशिवरात्रि पर्वका अवसरमा सुरु गरिएको काठमाडौँ उपत्यकाका सम्पदा सफाइ अभियानको २३ दिने कार्यक्रम बुधबार सम्पन्न भएको छ ।अभियानको अन्तिम दिन बुधबार भद्रकाली मन्दिर परिसर सफाइ गरी कार्यक्रम समापन गरिएको हो । सम्पदा सफाइ अभियानका क्रममा काठमाडौँ,

प्रकाशित: चैत्र ९, २०७८ बुधवार

पानीको महत्व बुझाउन माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला

विश्व पानी दिवसका अवसरमा खानेपानी मन्त्रालय र सोफेनले माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ ।‘मानव जीवनमा पानीको महत्व’ का विषयमा आयोजना गरिएको प्रतियोगितामा राजधानीको उत्तरपूर्वी भेगका एक दर्जन विद्यालयका छात्र छात्राले भाग लिएका

प्रकाशित: चैत्र ९, २०७८ बुधवार

समाजसेवी गोयलद्वारा १० लाखको छात्रवृत्ति कोष स्थापना

विराटनगरका समाजसेवी दीनबन्धु गोयलले विराटनगर–७ स्थित सत्यनारायण माविमा रु १० लाखको छात्रवृत्ति कोष स्थापना गर्नुभएको छ । विद्यालयमा मङ्गलबार आयोजित सुमनदेवी गोयल छात्रवृत्ति एवं पुरस्कार वितरण कार्यक्रममा उहाँले उक्त घोषणा गर्नुभएको हो ।  यसअघि सोही विद्यालयमा

प्रकाशित: चैत्र ८, २०७८ मंगलवार

सडक छेउका फोहर व्यवस्थापन हुन एक साता लाग्ने

काठमाडौँ उपत्यकाको सडक चोकचोकमा थुप्रिएको फोहरको व्यवस्थापन हुन एक साता लाग्ने बताइएको छ ।  चैत महिना लागेसँगै उपत्यकाको सडक छेउछाउमा थुपारिएको फोहर चार दिनदेखि व्यवस्थापन गर्न थालिएको छ । चैत महिनामा चार दिन  र गत

प्रकाशित: चैत्र ८, २०७८ मंगलवार

विद्युत् बक्यौता नबुझाउँदा बसपार्कको लाइन काटियो

विद्युत् र खानेपानीको बक्यौता रकम नबुझाउँदा तुलसीपुर बसपार्कको विद्युत् र खानेपानीको लाइन काटिएको छ । बसपार्कमा एक हप्ताअघि विद्युत् लाइन काटिएको हो भने दुई हप्ताअघि  खानेपानीको लाइन काटिएको थियो ।विद्युत् कार्यालयको रु आठ लाख बक्यौता

प्रकाशित: चैत्र ८, २०७८ मंगलवार

तातोपानी जोड्ने सडक कालोपत्र सुरु

प्राकृतिक उपचारस्थलका रूपमा रहेको म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्ड जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । मार्ग खुलेको १५ वर्षपछि म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको बेनीबाट तातोपानी खण्ड कालोपत्र गर्न सुरु भएको हो ।

© 2022 All Right Reserved osnepal.com