पुस ४ मा मदिराको नशामा साथीहरूसँगै सुतेका प्रविन विहान अचेत अवस्थामा भेटिएपछि अस्पताल लगिएको थियो । स्थानिय गोदावरी अस्पतालका चिकित्सकले उनलाई मृ त घोषणा गरेसँगै सदिक्षाको घरमा रुवाबासी भयो । अमेरिकाबाट रातारात घर आएकी सदिक्षाको परिवारले २ महिनासम्म पनि न्याय पाउने कुनै लक्षण नदेखिएपछि सदिक्षाले एउटा मिटिगंको भिडियो लाइभ गरिन् ।
जसमा उनका दाजुको मिसिलमा अन्य युवकको तस्विर देखेपछि सदिक्षालाई थप शंका लाग्यो । त्यसपछि सदिक्षाको परिवारले निरन्तर प्रहरी कार्यालयमा धर्ना दिन थाल्यो । सदिक्षाको पहलपछि बल्ल तिब्र गतिमा अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले घरधनी रमेश गिरीलाई प क्राउ गरेको हो । हत्या भएको रात उर्लाबारी नगरपालिका–७ का रमेश गिरीको घरमा रहेको साथीको डेरामा प्रविन सुतेका थिए । यसैबिच प्रविनको हत्या आरोपमा उपस्थित गराइएका दुई जनामध्ये एक जनालाई अदालतले थुनामा पठाएको छ । बिहीबार थुनछेक बहसपछि रतुवामाई–१० घर भएका मेहरमान दर्जीलाई जिल्ला अदालत मोरङले थुनामा पठाउने आदेश दिएको हो । जिल्ला अदालत मोरङका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले अर्का आरोपी कुमार राईलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
© 2022 All Right Reserved osnepal.com
Site By: SobizTrend Technology