काठमाडौँ, १७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले आफूहरुले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको र सबै कमिटीमा आफूसँग बहुमत रहेको स्पष्ट पारेका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरिसक्दा पनि प्रधानमन्त्री केपी ओलीले पदबाट राजीनामा नदिनु अर्को असंवैधानिक कदम भएको उनको टिप्पणी छ ।
आइतबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा बोल्दै नेता रावलले केपी ओलीजस्तो असंवैधानिक र अनैतिक नेता संसारमा कोही पनि नभएको पनि बताए । याे खबर अन्नपपूर्ण पाेस्ट दैनिकमा छ । ‘अदालतबाट प्रतिनिधिसभा पुनस्र्थापना भइसकेको छ। तर, उहाँले प्रधानमन्त्रीबाट म हट्दिन भन्नु असंवैधानिक हो’, उनले भने, ‘केपी ओलीजस्तो असंवैधानिक र अनैतिक नेता तानाशाह र सैनिक शासकबाहेक संसारमा कोही पनि देखेको छैन् ।’
© 2022 All Right Reserved osnepal.com
Site By: SobizTrend Technology