थप दुई हजार ५३२ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २१ लाख ६२ हजार ९३६ जना पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ७० हजार ४०७ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर ८२ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर ९६२ सक्रिय सङ्क्रमित रहेका छन् ।
एक सङ्क्रमितको मृ त्यु
नेपालमा कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृ त्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट म र्नेको सङ्ख्या दुई हजार ७७४ पुगेको मन्त्रालयले जनाएको छ । (रासस)
© 2022 All Right Reserved osnepal.com
Site By: SobizTrend Technology