• २०७९, जेठ ६ गते शुक्रवार

ताजा अपडेट

१२ जनामा सङ्क्रमण

८ घण्टा अगाडि

१२ जनामा सङ्क्रमण

८ घण्टा अगाडि

ट्रेन्डिङ

images

वसन्तऋतुको आगमनसँगै गोसाइँकुण्डमा पर्यटकको चहलपहल बढ्दै

वसन्तऋतुको आगमनसँगै गोसाइँकुण्डमा पर्यटकको चहलपहल बढ्दै

  • ओएसनेपाल
  • चैत्र २८, २०७७ शनिवार ०९:५९ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 531
    SHARES
  • रसुवा, २८ चैत- वसन्तऋतुको आगमनसँगै हिमाली प्राकृतिक  छटाको अवलोकनका लागि यस क्षेत्रमा पर्यटक आउन थालेका छन् ।  लाङ्टाङ, गोसाइँकुण्ड एवं तामाङ सम्पदा मार्गबाट नजिकै देखिने हिमाल, प्राकृतिक छटा, लालिगुराँसका फुल, परम्परागत भेषभूषा तथा पदमार्गकै छेउमा पाइने चराचुरूङ्गी अवलोकनको उपयुक्त समय भएकाले पर्यटकको आगमन बढ्न थालेको हो । पदयात्राको लागि दैनिकजसो सरदरमा २०÷२५ जना आन्तरिक पर्यटकको आगमन भइरहेको र आगन्तुकमा प्रायजसो युवा देखिएको प्रहरीले जनाएको छ । चिसोले पुस तथा माघ महिनामा जमेको पवित्र तीर्थ गोसाइँकुण्ड दहको पानी यथास्थानमा परिणत भई स्नान गर्न सहज वातावरण  भइसकेकाले गोसाइँकुण्डतर्फ  बढी मात्रामा  पर्यटक केन्द्रित हुनथालेका छन् । 

    भगवान शङ्कर विराजमान रहनुभएको र कुण्डमाथीका अल्का हिमालले थप मनमोहक बनाउने भएका कारण नेपाली मात्र होइन विदेशी पर्यटकको भ्रमण गोसाइँकुण्डतर्फ हुनथालेको छ । विदेशी पर्यटकको हिमाली पदयात्राको पहिलो रोजाइँ गोसाइँकुण्ड रहेको पथप्रर्दशक राजु गुरूङले जानकारी दिनुभयो ।  एक वर्षपछि पहिलो पटक गोसाइँकुण्ड आएका रसियन पर्यटकको समूह धुञ्चेमा भेटेपछि फोटो खिच्नेको लर्काे लागेको थियो । गत हप्ता ती पर्यटक गोसाइँकुण्ड गएका थिए । उनीहरूलाई पिसीआर परीक्षण गराइ भ्रमणमा ल्याएको बताउँदै नेपाल कैलास ट्रेकका प्रबन्धक मैपी गुरूङले आगामी दिनमा पनि भ्रमणका लागि विदेशी पर्यटकले बुकिङ गर्न थालीसकेको जानकारी दिनुभयो ।

    धार्मिक यात्रु एवं पर्यटकलाई सर्वसुलभ तबरले खान बस्ने व्यवस्था  मिलाउन  लाङ्टाङ राष्ट्रिय निकुञ्जले होटल तथा लजमा खाना बस्नको लागि शुल्क निर्धारण गरीसकेको, सुरक्षाका लागि आवश्यक स्थानमा पर्यटक प्रहरी र नेपाल प्रहरी परिचालन भइरहेको र रसुवाको भ्रमणमा खान बस्न कुनै समस्या नपर्ने  होटल व्यवसायी सङ्घ रसुवाका अध्यक्ष निसान उपनामले परिचित रामशरण गजुरेलले जानकारी दिनुभयो ।
          
    नेपालको तेस्रो गन्तव्य मानीएको लाङ्टाङ पदमार्गमा पनि थोर बहुत पर्यटक ओहरदोहर भइरहेको र पर्यटकको आगमन सङ्ख्या बढ्ने अपेक्षाका साथ पदमार्गका सबै होटल सञ्चालनमा आइसकेको होटल व्यवसायी सङ्घले जनाएको छ । (रासस) 
     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com