• २०७९, जेठ ६ गते शुक्रवार

ताजा अपडेट

१२ जनामा सङ्क्रमण

९ घण्टा अगाडि

१२ जनामा सङ्क्रमण

९ घण्टा अगाडि

ट्रेन्डिङ

images

बेलायतबाट ज्योतिले आफ्ना दुई छोरीलाई  ‘मुटुको टुक्रा’  भन्दै यसरी सम्झिन्, भन्छिन् सम्झिँदा भक्कानिन मन लाग्छ

बेलायतबाट ज्योतिले आफ्ना दुई छोरीलाई  ‘मुटुको टुक्रा’  भन्दै यसरी सम्झिन्, भन्छिन् सम्झिँदा भक्कानिन मन लाग्छ

  • ओएसनेपाल
  • चैत्र २८, २०७७ शनिवार २३:२१ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 547
    SHARES
  • काठमाडौं । ज्योति गुरुङ मर्मस्पर्शी तथा मन छुने शब्द लेख्नमा माहिर गीतकार मानिन्छिन् । लोक र आधुनिक गीतमा दिल छुनेगरी शब्द सिर्जना गर्न अब्बल गीतकार ज्योतिको ‘मुटुको टुक्रा’ गीतको भिडियो बेलायतबाट सार्वजनिक गरिएको छ ।

    ज्योतिको शब्द सिर्जना रहेको गीतमा सुरज लामिछानेको संगीत र एरेन्ज रहेको छ । गीतमा एक प्रवासी आमाले स्वदेशमा भएका आफ्नो दुई सन्तानको सम्झनामा उपहार स्वरुप भिडियो पस्किएकी हुन् ।

    गायिका देवी घर्ती मगरले आवाज दिएकी गीतमा स्वयम ज्योतिकै सशक्त अभिनय देख्न सकिन्छ । गीतमा बाल कलाकार काव्या श्रेष्ठका साथमा अंनिश्का थापा, शंकर पाण्डे, सलोनी रन्जितकार र इभा सिंह ठकुरीको अभिनय देख्न सकिन्छ ।

    गीतको भिडियोमा बाध्यात्मक परिस्थितिले विदेशीनुको पीडा र भोगाइ प्रस्तुत गरिएको छ । गीतकार ज्योतिले प्रवासबाट यस कोशेली दर्शकका लागि पस्किन पाउँदा खुशी लागेको बताएकी छन् ।बेलायतमा रहेर पनि ब्याक टु ब्याक उत्कृष्ट भिडियो निर्माण र ब्यस्त निर्देशकको परिचय बनाएका निर्देशक कुशल श्रेष्ठले सार्वनिक भिडियोलाई निर्देशन गरेका हुन् ।

    जसमा छायांकन, सम्पादन, परिकल्प्ना पनि निर्देशक श्रेष्ठकै रहेको छ । भिडियोमा नबिन निरौलाको कलरिङ्ग, दीपिका श्रेष्ठको मेकअप रहेको छ । भिडियो गीतकार ज्योतिकै युट्युव च्यानल जेजी क्रियशनबाट बजारमा आएको हो ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com