• २०७९, जेठ ६ गते शुक्रवार

ताजा अपडेट

१२ जनामा सङ्क्रमण

९ घण्टा अगाडि

१२ जनामा सङ्क्रमण

९ घण्टा अगाडि

ट्रेन्डिङ

images

घरबास प्रवद्र्धनमा महिला पर्यटन व्यवसायी

घरबास प्रवद्र्धनमा महिला पर्यटन व्यवसायी

  • ओएसनेपाल
  • चैत्र २९, २०७७ आइतवार ०७:५१ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < २ मिनेट
  • 561
    SHARES
  • पोखरा, २९ चैत- आन्तरिक पर्यटकमार्फत ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित पोखराका महिला पर्यटन व्यवसायीले मोदी गाउँपालिका–१ झिल्ली बरेङमा पुगेर त्यहाँको प्राकृतिक र सांस्कृतिक पहिचानको विषयमा जानकारी लिएका छन् ।

    कोभिड–१९ पछि घरबास व्यवसायमा अवसर र चुनौती विषयक अन्तक्र्रिया कार्यक्रममार्फत व्यवसायी महिलाले सो ठाउँका बारेमा जानकारी लिएका हुन् । उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पौडेलले कोभिड–१९ का कारण सुस्ताएको पर्यटनलाई गति दिन ग्रामीण पर्यटनमा जोड दिएर प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो । 

    कोभिड–१९ का कारण धेरै मानिसले शान्त र प्राकृतिकस्थलको खोजी गरेको बताउनुभयो । बरेङको घरबासमा महिला पर्यटन व्यवसायीको पहिलो आगमन भएको उहाँको भनाइ थियो । उहाँका अनुसार बरेङ अन्नपूर्ण हिमशृङ्खला, लालीगुराँस, भिरमौरीलगायत गुरुङ, मगर बस्तीको सांस्कृतिक पहिचान रहेको सुन्दर गाउँ हो । गाउँपालिकामा २० वटा घरबास भए पनि हाल १२ वटा सञ्चालनमा छन् । पोखराबाट १० किलोमिटरमा उक्त गाउँपालिको सिमाना जोडिएको छ ।

    मोदी–१ का वडाध्यक्ष गौप्रसाद गुरुङले प्राकृतिक सुन्दरतासँगै समुदायको आतिथ्यताले झिल्ली बरेङ आउने पाहुनालाई लोभ्याउने बताउनुभयो । उहाँले कोभिड–१९ का कारण आन्तरिक पर्यटकको आगमन कम हुँदै गएको बताउनुभयो । वडा सदस्य भुलबहादुर पौडेले गण्डकी प्रदेश सरकारले घरबास कार्यक्रमलाई प्राथमिकता दिएको जनाउँदै यसले ग्रामीण पर्यटनलाई प्रवद्र्धन गर्दै लगेको धारणा राख्नुभयो । उहाँले लेकसाइडका महिला पर्यटन व्यवसायीको उपस्थितिले यस क्षेत्रलाई थप चिनाउने विश्वाससमेत व्यक्त गर्नुभयो ।

    उक्त घरबासका अध्यक्ष गर्बी गुरुङले पहिलो चरणमा महिला व्यवसायीलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले प्रारम्भिक चरणमा रहेकाले आवश्यक सल्लाह, सुझाव दिनसमेत आग्रह गर्नुभयो । ओटेफका संस्थापक अध्यक्ष जमुना पराजुलीले कोभिड–१९ पछि आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको जनाउँदै यस्ता कार्यक्रमले ग्रामीण पर्यटनमा प्रवद्र्धन हुने विश्वास व्यक्त गर्नुभयो । संस्थाका अध्यक्ष पार्वती पाण्डेले कोभिड–१९ चुनौतीका बीच पनि अवसरको खोजी गर्दै पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा सबै जुट्नुपर्ने धारणा राख्नुभयो ।

    कार्यक्रममा संस्थाका सल्लाहकार दुर्गा ढकाल, देवका पहारी, पम्फा पहारी तथा कार्यक्रम संयोजक रीता रेग्मीलगायतका सहभागी सदस्यले अवसरसँगै देखिएका चुनौतीका विषयमा आ–आफ्नो अनुभव राख्नुभएको थियो । कोभिड–१९ ले शान्त र प्राकृतिकस्थलको खोजी, साहसिक पदयात्राप्रति पर्यटकको रुचिले ग्रामीण पर्यटन प्रवद्र्धन हुँदै गएको उहाँहरुको भनाइ थियो । त्यसैगरी कोभिड बढ्दै गएको अवस्थामा स्वास्थ्य मापदण्ड पालना नहुँदा थप समस्या सिर्जना हुनसक्नेतर्फ पनि छलफल गरिएको थियो । नेपाल पर्यटन बोर्ड आन्तरिक पर्यटन पुनरुत्थान समिति गण्डकीको प्रवद्र्धनमा आयोजना गरिएको उक्त घरबास कार्यक्रममा संस्थाका कार्यसमितिलगायत २४ जनाको सहभागिता रहेको सचिव ममता न्यौपानेले जानकारी दिनुभयो ।  (रासस) 
     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com