काठमाडौँ - उमेर ९ वर्ष। निर्दोष स्वभाव। हँसिलो अनुहार। बोलीमा चञ्चलता र मिठास। गुल्मीका सचिन परियार। अहिले सोसल मिडियाका हरेक प्लेटफर्ममा हिट छन्। अहिले सचिनलाई म्युजिक भिडियोदेखि टेलिफिल्ममा लिनका लागि तँछाड–मछाड नै देखिन्छ।
रमाइलो तरिकाले बोल्ने शैलीका कारण चर्चामा आएका सचिनको यात्रा तत्कालका लागि निकै फैलिएको छ। पहिलोपटक गुल्मीबाटै एक युट्युब च्यानलमा अन्तर्वार्ता दिएका सचिनको बोल्ने शैली र हँसिलो आनीबानीले धेरैलाई तानेको थियो। पछिल्लो समय लोकप्रिय बनेको एप्स् ‘टिकटक’मा त्यसताका उनी निकै छाए।
सचिनको आवाजमा टिकटक बनाउन नाम चलेकै कलाकारले पनि लिप्सिङ दिए। त्यही अन्तर्वार्तापछि काठमाडौं आएका सचिनले ‘इन्द्रेणी’ कार्यक्रममा उस्तै शैलीमा गीत गाए। बालगायिका आयुषा गौतमसँग गाएको गीतले सचिनलाई भाइरल बनाउन थप मद्दत गर्यो। लोकदोहोरी क्षेत्रमा उनलाई निकै प्रयोग गरियो। यहि बिचमा सचिनालई जन्म दिने आमा मिडियामा आएकी छन् । हेर्नुहोस
© 2022 All Right Reserved osnepal.com
Site By: SobizTrend Technology