• २०७९, जेठ ६ गते शुक्रवार

ताजा अपडेट

१२ जनामा सङ्क्रमण

८ घण्टा अगाडि

१२ जनामा सङ्क्रमण

८ घण्टा अगाडि

ट्रेन्डिङ

images

भिजिट भिसामा मलेसिया गएर लुकेका नेपालीलाई कारवाही गर्दै मलेसियन सरकार

भिजिट भिसामा मलेसिया गएर लुकेका नेपालीलाई कारवाही गर्दै मलेसियन सरकार

  • ओएसनेपाल
  • बैशाख ५, २०७८ आइतवार ०७:३१ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 563
    SHARES
  • विगत एक वर्षदेखि भ्रमण भिसामा मलेसियामा गई स्वदेश नफर्किएका नेपाली यही वैशाख ९ गते बुधबार ९२१ अप्रिल० सम्म मलेसिया छाड्नुपर्ने भएको छ । मलेसिया सरकारले २०२० को जनवरीबाट भिजिट भिसा आफ्नो देश आएका तर भिसा नवीकरण वा परिवर्तन नगरेकालाई २१ अप्रिल अर्थात् आगामी बुधबार ९ गतेसम्म देश छोड्न आदेश दिएको हो ।

    भ्रमण भिसामा मलेसिया गई रोजगारीमा लाग्न नसकेकाले अप्रिल २१ भित्र आफ्नो मुलुक वा कुनै तेस्रो मुलुक गइसक्नुपर्नेछ । २१ अप्रिलसम्म पनि मलेसिया नछोड्नेले मलेसियाको कडा अध्यगमन नियमानुसार कारबाही भोग्नुपर्नेछ ।

    मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसियाले भ्रमणमा जाने विदेशीलाई सुरुमा ९० दिनको भिसा जारी गर्ने गरेको छ । भ्रमण भिसामा गएका विदेशी स्वदेश नफर्किनेको सङ्ख्या बढेपछि मलेसियाले २१ अप्रिलसम्मको अवधि दिएको दूतावासले जनाएको छ ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।

    दूतावासका अनुसार उक्त अवधिभित्र स्वदेश फर्किने वा मलेसिया छोडेर अर्को देश जानेलाई मलेसिया अध्यागमनले सामान्य जरिवाना तिराएर सहयोग गर्नेछ तर त्यसपछि पनि मलेसिया बस्नेलाई भने धेरै जरिवाना तिराउन सक्नेछ । मलेसियामा रहेको नेपाली दूतावासले राहदानी नभएकाले दूतावासमा आई ३६० रिङ्गिट तिरेर ट्राभल डकुमेन्ट बनाउन सकिने जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com