• २०७९, जेठ ७ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

बर्दियामा बङ्गुर मिसन कार्यक्रम कार्यान्वयनमा आएपछि स्थानीयवासी खुशी 

बर्दियामा बङ्गुर मिसन कार्यक्रम कार्यान्वयनमा आएपछि स्थानीयवासी खुशी 

  • ओएसनेपाल
  • बैशाख ५, २०७८ आइतवार १७:३६ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 487
    SHARES
  • बाँके, ५ वैशाख - बारबर्दिया नगरगरपालिकामा ‘बङ्गुर मिसन कार्यक्रम’ कार्यान्वयनमा आएपछि स्थानीयवासी औधि खुशी भएका छन् । यस वर्ष २८ फार्ममा सो कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको जनाइएको छ ।  एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका प्रमुख विनोद घिमिरेले बङ्गुर मिसन कार्यक्रम कार्यान्वयन गर्न रु ५० लाख लगानी गरिने जानकारी दिनुभयो । 

      एकीकृत कार्यालयमार्फत ‘मकै मिसन’मा ६५ हेक्टर पुग्नुपर्नेमा ५० हेक्टर मात्र पुगेको छ । मकै र तरकारी खेती मिसन कार्यक्रमका लागि रु तीन करोड २९ लाख अनुदान दिइने कार्यालयका सूचना अधिकारी सन्तोष पाठकले बताउनुभयो । उहाँले लगानीअनुरुप किसानले उक्त कार्यक्रमलाई सदुपयोग गरेको तथा उत्पादन, बजारीकरण र आम्दानीमा उल्लेखनीय उपलब्धि देखिएको जानकारी दिनुभयो ।

    लसुनप्याज मिसनअन्तर्गत ५० हेक्टर क्षेत्रफलमै उत्पादन भइरहेको जनाइएको छ  । कार्यालय प्रमुख घिमिरेले भन्नुभयो, “यो कार्यक्रमले किसानलाई थप कृषि कर्ममा लाग्न प्रेरित गरेको छ । कार्यालयले रु दुई करोड ६५ लाख लगानी गरेको छ ।” (रासस) 

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com