• २०७९, जेठ ७ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

नयाँ गन्तव्यमा उडान गर्दै बुद्ध एयर,नयाँ गन्तव्यमा सातामा तीन उडान

नयाँ गन्तव्यमा उडान गर्दै बुद्ध एयर,नयाँ गन्तव्यमा सातामा तीन उडान

  • ओएसनेपाल
  • बैशाख ६, २०७८ सोमवार ०७:३३ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 497
    SHARES
  • निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले विभिन्न छ गन्तव्यमा उडान विस्तारको तयारी गरेको छ । यसअघि काठमाडौँको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई आधार बनाएर उडान गर्दै आएको बुद्धले अन्तर प्रादेशिक उडानको तयारी गरेको छ ।

    प्रादेशिक उडानअन्तर्गत बुद्धले आगामी मे १ तारिखबाट पोखरा विमानस्थललाई आधार बनाएर नयाँ चार गन्तव्यमा उडान विस्तारको तयार भएको बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ गन्तव्यका रुपमा बुद्धले पोखरा–भैरहवा, पोखरा–सिमरा, पोखरा–नेपालगञ्र पोखरा–विराटनगर उडान गर्न लागेको हो । उहाँका अनुसार पहिलोपटक बुद्धले अन्तर प्रदेशीय उडान शुरु गर्न लागेको हो । बुद्धले यही वैशाख १८ गतेदेखि नै भरतपुर–भैरहवा र तुम्लिङटार–विराटनगरमा उडानको तयारी गरेको छ ।

    नयाँ गन्तव्यमा सातामा तीन उडान
    बुद्धले अन्तर प्रदेशीय उडानअन्तर्गत सार्वजनिक गरेको नयाँ छ वटा गन्तव्यमा सातामा तीन दिन उडानको तयारी गरेको छ । शुरुआती चरणमा कम्पनीसँग भएको बिचक्राफ्ट जहाजबाट सातामा तीन दिन उडानको तयारी भएको प्रबन्ध निर्देशक बस्नेतले जानकारी दिनुभयो ।

    उहाँका अनुसार यात्रुको माग र चापका आधारमा उडान सङ्ख्या थपसँगै कम्पनीसँग भएको ७२ सिट क्षमताको एटिआर–७२ जहाजबाट उडान गरिनेछ । बुद्धले हाल नौ वटा एटीआर–७२, तीन वटा एटीआर–४२ र २ वटा बिचक्राफ्ट गरी १४ वटा जहाजबाट विभिन्न गन्तव्यमा उडान गर्दै आएको छ । यसमा भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । काठमाडौँ, पोखराबाट माउन्टेन फ्लाइट गरिरहेको छ ।

    बुद्धले यही वैशाख १८ गतेदेखि शुरु गर्न लागेको अन्तरप्रदेशस्तरीय उडान गन्तव्यअन्तर्गत पोखरा–नेपालगञ्ज रुटमा रु चार हजार ५००, पोखरा–विराटनगरमा रु छ हजार, पोखरा–सिमरामा रु चार हजार ३००, पोखरा–भैरहवामा रु तीन हजार १००, भैरहवा–भरतपुरमा रु दुई हजार ५०० र विराटनगर–तुम्लिङटारमा रु तीन हजार १०० भाडादर तोकिएको छ ।
     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com