काठमाडौँ । प्रवासी नेपालीहरुको साझा संगठन गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिका क्यार्लिफोनिया च्याप्टरको उपाध्यक्ष पदका लागि विष्णु खत्रीले उमेरद्वारी दर्ता गराएका छन् । मे २९ तारिखमा हुने निर्वाचनका लागि उपाध्यक्षका उमेरवार विष्णुले दिए एनआरएनए अमेरिका क्यार्लिफोनिया च्याप्टरको उपाध्यक्ष पदका लागि उमेद्वारीका प्रस्तावक र समर्थक क्रमशः विष्णु विष्ट र डा. बिपीन यादव रहेका छन् । करिब १ दशकदेखि क्यार्लिफोनिया स्थित सानफ्रान्सीकोमा बस्दै आएका खत्री सामाजिक काममा पनि औधि सक्रिय समाजसेवीका रुपमा परिचित छन् ।
कोरोना संक्रमणको समयमा फ्रन्ट लाइनमा रहेर नै सहयोगका कार्यमा सक्रिय उमेदवार खत्री ओखलढुंगा जिल्लाको हाल सुनकोशी गाँउपालिकामा जन्मेका हुन् । अमेरीकामा रहेका नेपालीहरु भनेपछि दिल दिएर सहयोग गर्ने खत्री नेपाल प्रहरीको सेवाबाट अवकाश पाएका पूर्व प्रहरी हुन् । विगत १ दशकदेखिको अमेरिका बसाईको क्रममा खत्रीले होटल-रेष्टुरा ब्यबसायीको समेत परिचय बनाइसकेका छन् ।
स–परिवार अमेरीकामा बस्दै आएका खत्रीले अमेरिका बसाईका क्रममा फेसबुकको केन्द्रिय कार्यालयमा अन्तराष्ट्रिय कुकका रुपमा समेत काम गरिसकेको लामो अनुभव रहेको छ । उनले सानफ्रान्सीकोमा रहेको सामाजिक संस्था एन. ए. एन. सी.मा २ वर्ष बढी काम गरेको अनुभव रहेको छ । कोरोना महामारीको समयमा सानफ्रान्सीकोमा आफैले प्रयोग गरेको गाडी समेत नेपालीहरुको सहयोगमा लगाउन पछि नपरेका खत्रीले निर्वाचन नजिकिएसँगै आफ्ना ८ बुँदे कार्ययोजना सहित उमेद्वारी घोषणा गरेका छन् ।
उपाध्यक्षका उमेद्धवार खत्रीका प्रतिबद्धताहरु यसप्रकार रहेका छन्
१ ) नेपाली समुदायलाई अति आवश्यक कम्युनिटी हल निर्माणका लागि आवश्यक पहल कदमी तथा तदारुकताका साथ लागि पर्नेछु ।
२ ) हाम्रो नेपाली जनशक्तिलाई अझ सशक्त र सुदृढ बनाउन र यहाँको जब मार्केट तथा अवसरलाई मध्यनजर गरी यस राज्य तथा अन्य राज्यमा रहनु भएका विभिन्न क्षेत्रका नेपाली विद्वान मित्रहरु तथा दक्ष मित्रहरु संग एवं यहाँको सरकारी तथा गैह्र सरकारी निकायहरुसंग छलफल बहस र सहकार्य गरी विभिन्न किसिमका सिपमूलक तालिमहरु संचालन गरी दक्ष जनशक्ति उत्पादनमा जोड दिने छु ।
३) नेपालवाट विभिन्न माध्यमवाट तत्काल यहाँ आई पुग्नु हुने हरेक नेपालीलाई सुरुमा समस्या पर्दछ तसर्थ उहाँहरूको लागि गा‘स, बास र जागीरका लागि सहयोग गर्नेछु । जुन मैले आजसम्म गरि गराई आई रहेको छु ।
४) जेहेन्दार बिद्यार्थीका लागि छाात्रवृतिको व्यवस्थाका साथै अन्य विद्यार्थीहरुलाई आवश्यकता अनुसारको अन्य सहयोग उपलब्ध गराउने छु ।
५ ) यहाँ भैपरी आउने सुख दुःख का सवै कार्यहरुमा आफ्नो कर्तव्य ठानी आवश्यक सहयोग जुटाउने तथा समन्वयकारी भूमिका निभाउनेछु ।
६) विभिन्न भिषामा नेपालवाट केही समयका लागि आउनु हुने आमा वुवाहरुका लागि निशुल्क उपचारको व्यवस्था गर्न आवश्यक प्रकृयाका लागि सहयोग पुर्याउने छु ।
७ ) क्यालिफोर्निया राज्यको विभिन्न स्थानहरूमा छरिएर रहेका नेपालीहरूको लागी मुख्य मुख्य शहरमा सामुदायिक केन्द्र स्थापना गर्न नेपाली समाज भन्दा बाहिर बिदेशी संघ संस्था तथा व्यक्तिहरुसंग डोनेसनको लागी पहल गरी जत्ति सक्दो चाढो स्थापना गर्न जोड दिनेछु ।
८ ) स्थायी बासिन्दाको लागि ईमिग्रेशन प्रक्रियामा रहनु भएका दाजुभाई तथा दिदी बहिनीहरूलाई तथा अन्य सबै किसिमको कानुनी सल्लाह उपलब्द गराउने प्रयोजनार्थ छुट्टै नेपाली कानुन व्यवसायीहरु संग सहकार्य गरी एउटा कानुन परामर्श डेस्क स्थापना गर्नेछु ।
म आफ्नो स्वतस्फुर्थ मनसायले समाजको सेवा गर्न ऊत्प्रेरित भएर आएको हुनाले म समाजको सल्लाह सुझाब ,समस्या जस्ता बिषयलाई समाधान र ब्यबस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने छु । मलाई मतदान गरि बिजयी गराउनुहुन तमाम् क्यालिफोर्निया वासी सम्पुर्ण दाजुभाई दिदी–बहिनी तथा आमा,बुबा र आफन्तजनहरुमा हार्दिक अनुरोध गर्दछु ।
© 2022 All Right Reserved osnepal.com
Site By: SobizTrend Technology