• २०७९, जेठ ६ गते शुक्रवार

ताजा अपडेट

१२ जनामा सङ्क्रमण

७ घण्टा अगाडि

१२ जनामा सङ्क्रमण

७ घण्टा अगाडि

ट्रेन्डिङ

images

साउदीमा तीन महिनामा कोमामा पुगेर बाँचेका भुजेलको उद्धार, अस्पतालको बिल देखेर छाँगाबाट खसेजस्तै भए

साउदीमा तीन महिनामा कोमामा पुगेर बाँचेका भुजेलको उद्धार, अस्पतालको बिल देखेर छाँगाबाट खसेजस्तै भए

  • बैशाख १०, २०७८ शुक्रवार १९:४८ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < २ मिनेट
  • 816
    SHARES
  • काठमाडौँ, १० वैशाख  : परिवारको आवश्यकता पूरा गर्ने, छोराको उचित पालनपोषण गर्ने र सहज जीवनयापनको सपना बोकेर वैदेशिक रोजगारीका लागि साउदी अरब पुग्नुभएको थियो मोरङका वेदबहादुर भुजेल । आफूले साउदीमा भनेको जस्तो काम नपाएपछि उहाँ बेखर्ची मात्र होइन गैरकानुनीरुपमा बस्न बाध्य हुनुभयो । 

    आफ्नो परिवारमा खुशी ल्याउने इच्छा पालेर साउदी पुगेका भुजेलको जिन्दगीमा नसोचेको बज्रपात पर्यो । साथीभाइको सहयोगमा गैरकानुनी हैसियतमा रहेर पनि एक कम्पनीमा सामान्य काम शुरु गरेका भूजेल कामकै क्रममा ठूलो दुर्घटनामा पर्नुभयो । 

    उहाँ स्थानीय अस्पतालमा साढे दुई वर्षसम्म उपचारका लागि भर्ना हुनुभयो । त्यस अवधिमध्ये तीन महिनासम्म त भूजेल कोमामा पुग्नुभएको थियो । परदेशमा बेखर्ची रहेका भूजेलेलाई अस्पतालले रु दुई करोड ५० लाख ९८ लाख (२३ हजार रिहाद)को बिल थमाइदियो । खानबस्नसमेत समस्यामा परेका भूजेल अस्पतालको बिल देखेर छाँगाबाट खसेजस्तै हुनुभयो । 

    बिल तिर्न नसक्ने भएपछि साउदी अरबको रियादस्थित फ्यामेलीकियर अस्पतालले उहाँविरुद्ध मुद्दा दायर गरेको थियो । सोही मुद्दाका कारण भूजेलले साउदी अरब छाड्न नपाउने स्थिति भयो । विभिन्न माध्यमबाट उहाँ नेपाली दूतावास र गैरआवासीय नेपाली सङ्घको सम्पर्कमा आउनुभयो । दुई वर्षदेखि नेपाली दूतावासको सेल्टरमा रहेका भूजेलको मुद्दा फिर्ता गराउन नेपाली दूतावासले पहलकदमी लियो । 

    नेपाली दूतावासको विशेष पहलकदमीपछि अस्पतालले भूजेलविरुद्ध अदालतमा रहेको मुद्दा फिर्ता लिइदियो । भूजेलको मुद्दा त  फिर्ता भयो तर नेपाल फर्कने कुनै उपाय लागेन । आर्थिकरुपमा निकै कमजोर रहेका भूजेलको सहयोगका लागि नेपाली दूतवास साउदीले गैरआवासीय नेपाली सङ्घलाई आग्रह गर्यो र उहाँको नेपालसम्मको उद्धारको जिम्मेवारी सङ्घले लिएको सङ्घका प्रेस संयोजक चिरन शर्माले बताउनुभयो । 

    सङ्घको कोभिड–१९ राहत तथा उद्दार कार्यक्रमअन्तर्गत उहाँलाई साउदीदेखि विराटनगरसम्म पुग्न आवश्यक हवाई टिकट, काठमाडौँमा बस्न तथा खानाको व्यवस्था गरिएको थियो । उहाँको सहयोगार्थ सङ्घले आफ्ना स्वयंसेवक परिचालनसमेत गरेको थियो । विराटनगरबाट घरसम्म जानका लागि गाडीसमेतको व्यवस्था सङ्घले मिलाएको थियो । गैरआवासीय नेपाली सङ्घले सञ्चालन गरेको वैदेशिक रोजगारीमा रहेका नेपालको उद्धार र पुनःस्थापना कार्यक्रमअन्तर्गत भूजेलको सम्पूर्ण खर्च व्यहोरेर उहाँलाई परिवार समक्ष बुझाएको हो । भूजेलको आर्थिक अवस्था अत्यन्त नाजुक रहेको छ । 

    वैदेशिक रोजगारीका लागि रु एक लाख चर्को ब्याजमा क्रण लिएका भूजेलको ऋण अहिले ब्याजसहित रु तीन लाख ५० हजार भन्दाबढी नाघिसकेको छ । परिवारसँगको भेटपछि प्रसन्न रहेका भूजेल अब के गर्ने भनेर चिन्तित हुनुहुन्छ । साउदी अबरस्थित नेपाली दूतावासले बिहीवार एक विज्ञप्ति जारी गर्दै उहाँको उपचार खर्च मिनाहा गर्ने रियादस्थित फ्यामेलीकियर अस्पताल, स्वदेश फिर्तिको लागि आवश्यक सम्पूर्ण प्रवन्ध गरिदिने गैरआवासीय नेपाली सङ्घलगायतलाई धन्यवाद ज्ञापन गरेको छ ।  

    सङ्घका उपाध्यक्ष एवम् वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक डा बद्री केसीले वैदेशिक रोजगारीमा अलपत्र परेका नेपाली श्रमिकलाई राहत तथा उद्दारको काम जारी रहेको बताउनुभयो । उहाँले सङ्घको यस कार्यक्रमअन्तर्गत सेप्टेम्वर २०२० देखि हालसम्म ’कोभिड–१९’का कारणले समस्यामा परेका १७ हजारभन्दा बढी नेपाली श्रमिकलाई राहत तथा उद्दारसम्बन्धि सहयोग पु¥याएको जनाउनुभयो ।(रासस)
     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com