• २०७८, माघ १५ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

नेपाल प्रहरीको नेतृत्वमा २ अर्व १२ करोड बढी राज्वस्व उठ्यो: प्रवक्ता एसएसपी कुवँर ( भिडीयोसहित)

नेपाल प्रहरीको नेतृत्वमा २ अर्व १२ करोड बढी राज्वस्व उठ्यो: प्रवक्ता एसएसपी कुवँर ( भिडीयोसहित)

  • बैशाख ११, २०७८ शनिवार ०३:५५ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < २ मिनेट
  • 986
    SHARES
  • नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त बहादुर कुवँरसंग ओएसनेपालका डाईरेक्टर एचबी ताम्राकारले महत्वपूर्ण संवाद गरेका छन् । लगभग ३० मिनटको संवादको क्रममा करोना, नेपाल प्रहरीको भूमिका, देशभरको सुरक्षा व्यवस्था लगायत २०७७ सालमा भएका प्रगतिहरुबारे गम्भिर चर्चा गरिएको हो। 4E5993E8-290C-4BC1-A07D-C6ACEA6E54DC.jpeg

    नेपालमा पहिलो चरणको कोरोनाको कहरका समय नेपाल प्रहरी फ्रोन्ट भागमा उभ्भिएर नागरिकको सेवा गरेको थियो ।त्यो बेला ७ हजार भन्दा बढ़ी प्रहरीहरु कोरोना भाईरसबाट संक्रमित भएका थिए ।दोस्रो पटकपनि नेपाल र भारतमा विशेषगरी कोरोनाले आक्रमण गरिरहेको छ । दोस्रो चरणको कोरोनाको कहरमापनि नेपाल प्रहरी विशेष चनाखो भएर खटिरहेको छ । पछिल्लो रिपोर्ट अनुसार ७० जना प्रहरीहरुमा कोरोना पोजेटिभ देखिएको र उपचार भइरहेको जानकारी प्रवक्ता एसएसपी कुवँरले दिएका हुन् ।

    कोरोनावायरस फैलीन नदिन सवै नागरिकको पनि उत्तिकै भूमिका रहेकाले पालना गर्न र गराउन सवै एकजुट हुनुपर्ने धारणा राख्नु भएको हो। नेपाल प्रहरीले देशभर ६ हजार सिसिटीभी क्यामोरा जडान गरेको छ। देशका मुख्य शहरको मुख्य ३४ स्थानमा ४० वटा ट्राफिक लाईटहरु जडान गरिएको छ । नेपाल प्रहरीका आईजीपी शैलेश क्षेत्रीको नेतृत्वमा प्रहरी संगठनको आचरण , व्यवहार र कार्यशैलीमा सकरात्मक प्रगति हुनुपर्छ भनेर निरन्तर लागिपरेको पनि प्रवक्ता कुवँरले जनाएका हुन् । 952B9639-E66F-46AB-B317-704650E7D360.jpeg

    त्यसैगरी, नेपाल प्रहरीले आचारसंहिता २०७७ लागु गरेअनुसार आफ्नो कार्यशैलीमा परिवर्तन गर्दै प्रहरी र नागरिकको सम्बन्ध प्रगाढ़ बनाएको छ। २२ महिने कार्ययोजना लाई आधार मान्दै एक्सन प्लान सहित को छुट्टै सोफ्टवेर को विकास पनि गरिएको कुरा प्रवक्ता एसएसपी बसन्त कुवँरले बताए । 
    प्रदेश प्रहरी प्रमुख संगको सहकार्यमा ७२ प्रतिशत उपलब्धि हात परेको छ । प्रहरी संगठनले कसैको दबाबमा काम गरेको छैन् भन्दै निरन्तर जनताको हितमा काम गर्ने असल साथीको रुपमा उभ्भिएको बताएका हुन् । 

    गृहमन्त्रालय बाट निर्देशन आए अनुसार , २३४ वटा प्रहरी इकाई हरु निर्माण देखी १० हजार जनशक्ति थप्ने काम गरेको । प्रहरी-सामुदायिक कार्यक्रम लाई प्रभावकारी बनाईएको छ।फ्रहार अभियुक्त पक्रिने क्रम तिब्रताका साथ अगाडी बढीरहेकाले विगत वर्षहरु भन्दा अहिले अपरेशन सफ़ल भइरहेको जनाएका हुन्। २०७७ मा नेपाल प्रहरीको नेतृत्वमा २ अर्व १२ करोड भन्दा बढ़ी राज्वस्व उठेको भन्दै खुसी व्यक्त गरेका हुन्।42BE3B67-24EC-4603-82D2-DF4C526953BC.jpeg

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, एसएसपी बसन्त बहादुर कुवँरसंग ओएसनेपालका डाईरेक्टर एचबी ताम्राकारले टोकियो बाट संवाद गरेका हुन् ।यो वहसलाई विश्वभरबाट धेरैले हेरेका छन् भने भिडियो संवाद हेर्नकोलगि ओएसनेपालको आधिकारीक पेज र युट्युवबाट पनि हेर्न सकिन्छ ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com