काठमाडौं ११ बैशाख । नेपालले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि हात पारेको छ । आज शनिबार शनिबार टियू मैदानमा नेरदल्याण्डसँग भएको खेलमा नपालले उपाधि हात पारेको हो । नेरदल्याण्ड्समाथि १४३ रनको शानदार जितसँगै उपाधि जित्न सफल भएको नेपालका कुशल भुर्तेल र कुशल मल्लले खेलमा सानदार प्रस्तुती दिलाएका थिए ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ७७ रन बनाउन सफल भएका थिए । ५५ बलको सामना गरेका उनले आठ चौका र तीन छक्का प्रहार गरे । कुशल मल्लले अविजित ५० रन बनाउँदा उपकप्तान दीपेन्द्र सिंह ऐरी ४८ रनमा नटआउट रहे ।कुशल र दीपेन्द्रले चौथो विकेटका लागि अविजित ७७ रनको साझेदारी गरे ।
२० बलमा ५० बल बनाएका कुलशको टी–२० अन्तर्राष्ट्रियमा यो पहिलो अर्धशक हो । १८ बलमा ४८ रन बनाएका दीपेन्द्र भने अर्धशतक बनाउन दुई रनले चुके ।कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३३ र आसिफ शेखले ८ बलमा १६ रन जोड्न सफल भए ।
© 2022 All Right Reserved osnepal.com
Site By: SobizTrend Technology