• २०७९, जेठ ६ गते शुक्रवार

ताजा अपडेट

१२ जनामा सङ्क्रमण

८ घण्टा अगाडि

१२ जनामा सङ्क्रमण

८ घण्टा अगाडि

ट्रेन्डिङ

images

ठमेलका ८ हजार बढी पर्यटन व्यवसायीलाई कोरोना खोप

ठमेलका ८ हजार बढी पर्यटन व्यवसायीलाई कोरोना खोप

  • ओएसनेपाल
  • बैशाख ११, २०७८ शनिवार १७:१२ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 518
    SHARES
  • काठमाडौँ ११ बैशाख ।उपत्यकाका ८ हजारभन्दा बढी पर्यटन व्यवसायीले कारोना खोप लगाएका छन् ।ठमेल पर्यटन विकास परिषद्को पहलमा वैशाख ४ गतेदेखि शनिवारसम्म ८ हजारभन्दा बढी पर्यटन व्यवसायीलाई पिपल्स मेडिकल कलेज बालाजुमा कोरोना भाइरस विरुद्धको चिनियाँ खोप ९भेरोसेल० प्रदान गरिएको हो । 

    परिषद्का उपाध्यक्ष एवं कोभिड–१९ पर्यटन व्यवसाय विपद् समन्वय समितिका संयोजक भविश्वर शर्माले स्वास्थ्य सेवा विभागको सहकार्यमा ठमेल क्षेत्रमा कार्यरत पर्यटन व्यवसायीलाई खोप प्रदान गरिएको जानकारी दिए ।‘स्वास्थ्य सेवा विभागले पर्यटन व्यवसायीका लागि १० हजार डोज खोप उपलब्ध गराए पनि हालसम्म ८ हजार ३०० को हाराहारीमा खोप प्रदान गरिसकेका छौं,’ उनले भने ।

    खोप अभियानलाई प्रभावकारी र सफल बनाउनका लागि परिषद्ले ३० जना स्वयंसेवकसमेत परिचालन गरेको छ । नेपाल आउने ८० प्रतिशत पर्यटक ठमेल घुम्न आउने भएकाले ठमेल क्षेत्रका व्यवसायीलाई सुरक्षित बनाउनका लागि कोरोना खोप अभियानलाई तीव्रता दिएको उनको भनाइ छ ।परिषद्ले ४ हप्तापछि दोस्रो चरणको भ्याक्सिन सोही ठाउँमा उपलब्ध गराउने जनाएको छ ।रासस

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com