• २०७९, जेठ ७ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

नेपाली युवा खेलाडी कुशल भुर्तेल टी–२० सिरिजको उत्कृष्ट खेलाडी

नेपाली युवा खेलाडी कुशल भुर्तेल टी–२० सिरिजको उत्कृष्ट खेलाडी

  • ओएसनेपाल
  • बैशाख १२, २०७८ आइतवार ०६:१० बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 518
    SHARES
  • काठमाडौँ- नेपाली युवा खेलाडी कुशल भुर्तेल त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उत्कृष्ट खेलाडी बन्नुभएको छ । पाँच खेलमा चार अद्र्धशतकसहित कूल २७८ रन बनाउनुभएका उहाँ ‘प्लेयर अफ दि सिरिज’ घोषित हुनुभएको हो ।   

    प्लेयर अफ दि सिरिज हुनुभएका भुर्तेलले पल्सर मोटरसाइकल पुरस्कारस्वरुप प्राप्त गर्नुभयो । उहाँले नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा ६२, मलेशियासितको खेलमा ६१, नेदरल्यान्ड्सविरुद्धको दोस्रो खेलमा ६२ तथा फाइनल खेलमा आज नेदरल्यान्ड्सविरुद्ध फाइनल खेलमा ७७ रन बनाउनुभयो । भुर्तेल एकै सिरिजमा चार अद्र्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडीसमेत बन्नुभएको छ । उहाँले टी–२० क्रिकेटमा डेब्यु खेलमा लगातार तीन अद्र्धशतक बनाउने कीर्तिमानसमेत बनाउनुभएको छ ।

    यसैगरी सिरिजमा सर्वाधिक विकेट लिने खेलाडी सन्दीप लामिछाने बन्नुभएको छ । उहाँले सिरिजको पाँच खेलमा १३ विकेट लिनुभयो । टी–२० क्रिकेटमा १०० खेल खेल्ने पहिलो नेपाली खेलाडीसमेत बन्नुभएका लामिछानेले १०१ खेलमा १३८ विकेट लिनुभएको छ । (रासस) 
     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com