• २०७९, जेठ ६ गते शुक्रवार

ताजा अपडेट

१२ जनामा सङ्क्रमण

९ घण्टा अगाडि

१२ जनामा सङ्क्रमण

९ घण्टा अगाडि

ट्रेन्डिङ

images

मेरो उमेद्धवारी संस्थाको सचिव पदका लागि हो, जिम्मेवारी संस्थाको सदस्यप्रति हो भन्दै पोखरेलले उमेद्धवारी मनोनयन गरे

मेरो उमेद्धवारी संस्थाको सचिव पदका लागि हो, जिम्मेवारी संस्थाको सदस्यप्रति हो भन्दै पोखरेलले उमेद्धवारी मनोनयन गरे

  • ओएसनेपाल
  • बैशाख १२, २०७८ आइतवार २२:४५ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < ४ मिनेट
  • 848
    SHARES
  • काठमाडौँ । प्रवासी नेपालीहरुको साझा संस्था गैर आवासिय नेपाली संघ राष्ट्रिय सम्वनवय परिषद अमेरिका (एनआरएनए एनसिसि यूएसए) को  सचिव पदका लागि नारायण प्रसाद पोखरेलले उमेरद्वारी दर्ता गराएका छन् । मे २९-३० तारिखमा हुने निर्वाचनका लागि पोखरेलले सचिव पदमा उमेद्धवारी दर्ता गराएका हुन् । करिब सवा दशकदेखि अमेरिकामा रहेर सामाजिक कर्ममा सक्रिय पोिखरेल बुटवल सेमलारमा हुर्के बढेका सक्रिय युवा हुन् । पोखरेल बिधार्थी जीवन देखि नै नेपाल रेडक्रस तथा स्काउटमा सहभागी भई सामाजिक काममा आफु संलग्न भएको ओएस नेपालसँगको कुराकानीमा बताए । 

    narayan.jpg

    आफुलाई सामाजिक कार्यमा सहभागी गराउने गुरु तथा अग्रजहरुलाई आजको यो समयमा उनी  सम्मान प्रकट गर्दै स्मरण गर्न चाहान्छन् । प्रजातन्त्रमा बिश्वास राख्ने हुदा आफु कलेज जीवनमा पढ्दै गर्दा जन - आन्दोलन २०४६ मा सहभागी हुन पाउदा आफुलाई गौरवको महसुस गर्छन ।  

    जीवन रहदा सम्म आफुले सक्ने मानवीय सेवामा समर्पित हुनु पर्छ भन्ने प्रेरणा आफ्ना अभिभावक,परिवार ,गुरुज्यू तथा सहकर्मी साथीहरुबाट पाएको हुदा धेरै सामाजिक काम स्वदेशमा हुदा सहभागी भएको बताउछन् । उच्च शिक्षा अध्ययन गर्न काठमाडौँ आएका पोखरेल अध्यन पश्चात औषधी तथा मेडिकल सामाग्री उत्पादन तथा बितरण गर्ने विभिन्न अन्तराष्ट्रिय कम्पनीहरुमा झन्डै ११ वर्ष भन्दा बढी काम गरेका थिए भने पछि आफ्नै व्यवसाय त्यसै क्षेत्रमा गरेका थिए । काठमाडौँ बसाईका क्रममा उनले कैयौँ बिरामीहरुको सेवा गर्न अवसर पाएकोमा उनी आनन्द मान्छन । उनले कतिपय अवस्थामा निशुल्क औषधीको पनि ब्यबस्था  गरिदिएका थिए । 

    शिक्षा नै जीवनको ज्योति हो ठान्ने पोखरेलको पहिलो पाठशाला श्री दिब्य प्रकाश उच्च माध्यमिक बिधालय ओरष्टे स्याङ्जा हो । त्यस बिद्यालयको गुणस्तर सुधारका लागि पोखरेलले आर्थिक सहयोग उपलब्ध गराएका थिए । पोखरेल त्यसै स्कूलका आजीवन सदस्य पनि हुन । शिक्षा नै जीवनको मेरुदण्ड मान्ने पोखरेल भक्ती ईण्टरनेशनल एकाडेमी हातीगौडा काठमाडौँका संस्थापक कोषाध्यक्ष पनि हुन  । समय परिवर्तन जस्तै उनको भूगोल पनि परिवर्तन भएर सन् २००८ डिसेम्बरमा सान फ्रान्सिस्को क्यालिफोर्निया पुगेको उनी बताउछन । स्वदेशमा सामाजिक काम गर्दै आएका पोखरेल नर्दन क्यालिफोर्नियाको पुरानो संस्था नेपाली एसोशियशन अफ नर्दन क्यालिफोर्निया (न्यास) तथा नेपाली जन सम्पर्क समिति नर्दन क्यालिफोर्नियासंग आबद्ध हुन पुगे । केही समयको अन्तराल मै उनी निर्बिरोध न्यासको कोषाध्यक्ष पदको जिम्मेवारी पाई सफलता पुर्वक आफ्नो जिम्मेवारी सम्पन्न गरे पश्चात उनी सबैका प्रीय पात्र बन्न पुगे । हाल नर्दन क्यालिफोर्नियामा रहेका लोकप्रिय सस्था न्यास तथा नेपाली जनसम्पर्क समिति नर्दन क्यालिफोर्नियाका सल्लाहाकार पनि हुन पोखरेल । उनी नेपाली सामुदायीक भवन नर्दन क्यालिफोर्नियामा बनाउन सक्रिय अभियन्ता तथा चन्दादाता पनि हुन । 

    नर्दन क्यालिफोर्नियामा सामाजिक काममा स्थापित पोखरेल झन्डै ६ वर्ष अगाडीदेखि एन आर एन मुभमेन्टमा आफ्नो सक्रियता देखाउदै आएका छन् । विभिन्न कार्यकालमा एन आर एन आई सी सी तथा एन सी सीको विभिन्न टाक्सफोर्समा सदस्य तथा सह संयोजक भएर आफ्नो प्रभावकारी भूमिका निर्वाह गर्दै आएका थिए भने हाल एनआरएनए एनसिसि यूएसएको हेल्प डेक्सको संयोजकको भूमिका निर्वाह गरि रहेका छन । कोरोनाले विश्वलाई नै थला पारेको विकराल परिस्थिीतिमा अमोरिकामा झनै अवस्था भयाभह बन्दै गयो र अहिले पनि जोखिम कायमै छ । यस्तो विकराल परिस्थितीमा पनि पोखरेलले फ्रन्ट लाइनमा बसेर कत्ति पनि नडगमगाई निरन्तर कोरोना विरुद्धको अभियानमा आफु हेल्पडेक्स संयोजकको जिम्मेवारी वहन गरिरहेका छन् । 

    narayan2.jpg

    उनले  जिम्मेवारी लिए पश्चात हट लाइनको ब्यबस्थालाई सुचारु गरे । पोखरेलले  जिम्मेवारी लिएको छोटो समयमा नै सकारात्मक नतिजा हाँसिल गर्न उनले बुनेको नेटवर्क सफल बन्दै गयो । पोखरेल र उनको टिमले बनाएको संजालले तत्काले समस्याको समाधान गर्न पहल थाल्यो । पोखरेल नेतृत्वको टिमले निर्माण गरेको नेटवर्कका माध्यमबाट झन्डै सयौँ फोन दिनमा आउने गरेको र नेपाली समुदायका दाजुभाई तथा दिदी बहिनीहरुको जिज्ञाशालाई सम्बोधन गर्न पाउदा सिंगो टिम नै खुशी छ । अनेकौँ कोणबाट आएका समस्या र जिज्ञासा दिन लागिपरेका नेटवर्क भित्र रहेका सम्बन्धित बिज्ञ, चिकित्सक, कानुन ब्यबसायी, सिपिए तथा सामाजिक अभियन्ता र सिंगो एन आर एन  एनसिसी अमेरिकाप्रति आभार ब्यक्त गर्दछन पोखरेल । 

    narayan3.jpg

    एनआरएनए एनसिसि यूएसएको  सचिव पदका लागि चुनावी मैदानमा जाँदै गर्दा बिगतदेखि वर्तमानसम्म स्वदेश तथा अमेरिकाको बसाईमा सामाजिक कार्यमा संलग्न हुदै गर्दा र सामाजिक अभियन्ताहरुसंग सहकार्य गर्दै गर्दा धेरै ज्ञान,अनुभव तथा अध्ययन गर्ने अवसर पाएको पोखरेल बताउँछन् । आफ्नो कार्य कुशलता लामो सामाजिक कार्यको अनुभवलाई एनआरएनएमा जोडेर काम गर्ने प्रेरणाका साथ आफु सचिव पदको लागि सक्षम उम्मेदवार  भएको उनको दाबी छ । निर्वाचनको पूर्व सन्ध्यामा पोखरेलले एनआरएनएलाई जम्मा २० हजार नेपालीमा मात्रै सिमीत नराखी, समाजलाई जोड्दै , एनआरएनएलाई अमेरिकाको जुन सुकै भूगोल र कुनामा रहेता पनि प्रत्येक नेपालीहरुले एनआरएनएलाई आफ्नो संस्था भनेर गर्वका साथ चिनाउने बनाउन उनको मुख्य उदेश्य रहेको बताउँछन् । निर्वाचनको परिणाम जे जस्तो आएता पनि पोखरेल आफ्नो उदेश्यमा कत्ति पनि नडगमगाई सबै नेपालीहरुले अपनत्व महशुस गराउने अभियानमा सँधै सक्रिय रहने वचनवद्धता ब्यक्त गर्दछन् पोखरेल  ।

    तपाई कुनै गुट उपगुटलाई प्रतिनिधित्व गर्नुहुन्छ भन्ने प्रश्नमा पोखरेल भन्छन् मेरो उमेद्धवारी संस्थाको सचिवका लागि हो । मे २९ र ३० तारिखका दिन हुने निर्वाचनमा पोखरेलले निधक्क भएर आँफुलाई मतदान गर्न अपिल गरेका छन् । उनले आफ्ना मतदाताहरुको विश्वास पूरा गर्न मतदाताको मतलाई सम्मान गर्दै भोलीका दिनमा संस्थाको उदेश्य र विधान अनुसार आफ्नो प्रभावकारी भूमिका निर्वाह गरी नेपाल र नेपालीको हितमा आँफु सँधैभर सर्मपित रहने वचनवद्धता ब्यक्त गर्दछन् ।

    narayan4.jpg

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com