• २०७८, माघ १५ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

समाजसेवी इशा गुरुङ्को ज्यान वेलायतमा तर—मन, तन र धन भने नेपालमा (भिडीयोसहित)

समाजसेवी इशा गुरुङ्को ज्यान वेलायतमा तर—मन, तन र धन भने नेपालमा (भिडीयोसहित)

  • बैशाख १३, २०७८ सोमवार ०९:२१ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < २ मिनेट
  • 1.2K
    SHARES
  • — वेलायतलाई कर्मथलो बनाउदै आउनुभएकी वरिष्ठ समाजसेवी इशा गुरुङ्संग लगभग २ वर्षपछी ओएसनेपालका डाईरेक्टर एचबी ताम्रातारले महत्वपूर्ण संवाद गरेका छन् ।वि़श्वभरबाट लगभग ५.२ मिलियन व्यक्तित्व ओएसनेपालको आधिकारिक पेजमा जोडिएका छन् ।समाजसेवी इशा गुरुङसंग को संवाद सिधा लाईभ प्रसारण भएको थियो ।समाजसेवी इशा गुरुङ् लाखौको मनमा बस्न सफ़ल नारी हुन् । एक छोरी र श्रीमान संग वेलायतमा बस्दै आउनु भएको छ ।

    बेलायतमा ज्यान भएपनि उनको मन, तन र धन भने नेपालमा छ ।समाजसेवी गुरुङ नेपाल र नेपाली भनेपछी हुरुक्कै हुन्छिन ।उनले हालै मात्र नेपालमा ३ वटा खाजा घर खोलेकी छन् । उनको नेतृत्वमा नेपालको राजधानी काठमाण्डौमा खोलिएका खाजा घरको अध्यक्षता नेपाल स्थित समाजसेवी बिमल पन्तले ज़िम्मेवारी वहन गरिरहेका छन् भने अरु धेरै युवाहरुले रोजगारी पनि पाएका छन् । मात्र रु ६५ मा खाना खान पाउदा धेरै ग्राहकहरु खुसीले दंग नै पर्छन् भन्दै आफु पूर्णरुपले सन्तुष्ट रहेको जानकारी एचबी संगको वहसमा समाजसेवी गुरुङले जानकारी गराएकी हुन् । 

    धुर्मुस-सुन्तली फाउन्डेसन को नेतृत्व मा निर्माण भएका बस्तीहरु , चर्चित संचारकर्मी रवि लामीछानेको नेतृत्व मा निर्णय भएको बस्ती, रासकोट अस्पताल , गौतमबुद्ध अन्तराष्ट्रीय क्रिकेट स्टेडियम, हजारौ पिडितहरु लगायत धेरै सामाजिक अभियानहरुमा आर्थीक सहयोग गरिसकेकी छिन् । 

    संवाद कै क्रममा इशा गुरुङले एचबी ताम्राकारको प्रश्न को जवाफ मुस्कुराउदै दिनुभयो । कारख़ाना खोल्ने विषयमा के हुदै छ ? भन्ने प्रश्न ताम्राकारले थपेपछी , इशाले भनिन् — ‘ हो , हामी छिट्टै साबुन कारख़ाना खोल्दैछौ’ ।समाजसेवी इशा गुरुङले कारख़ाना खोल्ने तयारी पुरा भएको जानकारी दिएकी हुन् ।कोरोनाका कारण केही ढिला हुन् गएको स्वीकार गर्दै , उनले थपीन मसिन भारतबाट ल्याउने काम तिब्र अगाडी बढेकाले छिट्टै पूर्ण स्वरुप दिनेमा आफु ढुक्क रहेका बताईन् । 1CF8F358-BA74-46E9-86B4-159A0BF1B6B6.jpeg

    रासकोट हस्पिटलमा समाजसेवी इशा गुरुङकोपनि योगदान रहेको छ । नयॉं वर्ष को अवसरमा सेवा नयॉं भवन बाट आधिकारिक रुपले सविस्तार गरेकोमा अत्यन्तै खुसी महसूस भएको भन्दै सहयोगी मनहरुलाई हृदयदेखी नै नमन पनि गरिन् । रवि लामिछाने को नेतृत्व मा बन्दै गरेको यो हस्पिटलमा अर्का चर्चित संचारकर्मी एचबी ताम्राकारको व्यक्तिगत आर्थीक सहयोग लगायत अभियान तिब्र बनाउन महत्वपूर्ण भूमिकापनि रहेको छ। संवाद कै क्रममा समाजसेवी ज्वाला संग्रोला, संचारकर्मी एचबी ताम्राकार लगायत सवैलाई इशा गुरुङले सम्झिदै भन्नुभयो, ‘रास्कोट हस्पिटल निर्माण अभियानमा सबैको जोडदार सहयोग र योगदान छ।’ 

    अन्तराष्ट्रीय वहसमा इशा गुरुङले ओएसनेपाल र एचबी लाई विशेष धन्यवाद दिदै सवैलाई नयॉं वर्षको शुभकामना दिइन् ।महान समाजसेवी इशा गुरुङको चर्चित संवाद ओएसनेपाल को आधिकारिक पेज र युट्युव बाट हेर्न सकिनेछ ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com