एजेन्सी- भारतमा यतिबेला कोरोना संक्रमण तिब्र रुपमा बढिरहेका बेला चर्चित बलिउड अभिनेता सोनु सुदले गरेको एक ट्विटले फेरि सामाजिक सञ्जालमा हलचल मच्चाएको छ ।अक्सिजन र अस्पतालमा बेडको अभाव पुरा गर्नको लागि सोनुले हरसम्भव कोशिस गरिरहेका छन् । उनले कोरोनाको चपेटामा परेका मान्छेहरुलाई सहयोग गर्न सफल समेत भईरहेका छन् । उनले यो बेला सहयोग गर्नुको खुशी बेग्लै हुने बताउँदै गरेको ट्विट अहिले सबै माझ भाईरल बनेको छ ।
उनले ट्विट गर्दै लेखेका छन् - आधारातको समयमा बेडको ब्यवस्थापन गर्नका लागि तपाई धेरै कल गर्न सक्नु हुन्छ, केही ब्यक्तिको ज्यान बचाउन अक्सिजनको ब्यवस्थापन गर्न सक्नुहुन्छ । म साँचो भन्छु यो कार्यले लाखौ गुणा सन्तुष्टि मिल्छ जति एक १ सय करोडको फिल्मले समेत दिन सक्दैन । जब मान्छेहरु अस्पतालको बाहिर बेडको पर्खाइमा उभिएका हुन्छन् त्यति बेला निन्द्रा आउँदैन । अहिले कोभिड १९ नियन्त्रणका लागि अन्य बलिउडकर्मीहरु समेत लागि परेका छन् ।
© 2022 All Right Reserved osnepal.com
Site By: SobizTrend Technology