• २०७८, माघ १५ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

गोपी दाहालको “झिम झिम परेली” को टिकटक प्रतियोगिता घोषणा, २५००० जित्ने र म्युजिक भिडियोमा खेल्ने अवसर

गोपी दाहालको “झिम झिम परेली” को टिकटक प्रतियोगिता घोषणा, २५००० जित्ने र म्युजिक भिडियोमा खेल्ने अवसर

  • बिबेक कार्की
  • बैशाख १६, २०७८ बिहिवार २०:१९ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < २ मिनेट
  • 738
    SHARES
  • पछिल्लो समय टिकटक मनोरंजन संगै प्रतिभा देखाउने राम्रो ठाउँ बनेको छ । निकै कम समयमा टिकटकले विश्वोभर नै राम्रो ख्याती कमाउन सफल भयो । अहिले आएर यसलाई प्रचारप्रसारको रुपमा पनि प्रयोग गर्न थालिएको छ जसले राम्रो उपलब्धि समेत दिएको छ । यसै बीच दर्पण नेपालको प्रस्तुति र अमेरिकीबासी कृष्ण बजगाईको लगानीमा निर्माण भएको गोपी दाहालको "झिम झिम परेली" गीतको म्युजिक भिडियो तयार भएर बैशाख १४ लाई रिलिज मिति तोके संगै निर्माण टिमले यसै गीतको टिकटक प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ ।

    टिकटक प्रतियोगिताको विजेताको लागि धनराशी पनि ठुलै राखिएको छ । हो दर्शकबिन निर्माण टिमको अनुसार जसले "झिम झिम परेली" गीतको उत्कृष्ट टिकटक बनाई बिजेता घोषणा हुनेछ उसलाई निर्माण टिमले २५,००० नगद पुरस्कार र दर्पण नेपालको प्रस्तुतिममा निर्माण हुने अर्को म्युजिक भिडियोमा अभिनय गर्न पाउने अवसर समेत दिनेभएको छ । निर्माण टिमले केहि दिन अगाडी नै टिकटक प्रतियोगिताको अफिसियल पोस्टर समेत सार्वजनिक गरिसकेको छ । गीत र भिडियो रिलिज मिति नजिकिदै गर्दा निर्माण टिमले सबैलाई आकर्षित पार्ने यस्तो प्रतियोगिताको घोषणा गरेको हो । भिडियो यहि बैशाख १४ गते मंगलबार दर्पण मिडिया अफिसियल युटुब च्यानलबाट रिलिज गरिदैछ । निर्माण टिमले टिकटक प्रतियोगिता घोषणा गरे संगै यसको लागि केहि नियम समेत बनाएको छ जसलाई भाग लिने सबै प्रतिष्पर्धीले पालना गर्नुपर्ने छ ।

    निर्माण टिमले दिएको जानकारी अनुसार "झिम झिम परेली" को गीत र अफिसियल भिडियो रिलिज भए लगतै गीतको कुनै पनि अंशको टिकटक बनाउन पाइनेछ । टिकटक बनाए पछि उक्त टिकटक भिडियोको लिंकलाई कपि गरेर गोपी दाहाल अफिसियल फेसबुक पेजमा गएर मेसेज बक्समा गएर टिकटक भिडियोको लिंकलाई राखेर मेसेज गरी पठाउनुपर्नेछ । साथै गोपी दाहाल अफिसियल फेसबुक पेजलाई लाईक तथा शेयर समेत गरेको हुनुपर्नेछ । त्यसपछि सबै टिकटक भिडियोलाई हेरेर त्यसमा आएका लाईक, कमेन्ट, भिवर्स र अभिनय सबैलाई मुल्यांकन गरेर निर्माण टिमले एक जना बिजेता घोषणा गर्नेछ र उक्त बिजेताले २५,००० नगद पुरस्कार र दर्पण नेपालको प्रस्तुतिममा निर्माण हुने अर्को म्युजिक भिडियोमा अभिनय गर्न पाउने अवसर प्राप्त गर्नेछ । अमेरिकामा बसेर नेपाली गीत संगीतलाई जगेर्ना गर्दै गरेका गीतकार गोपी दाहालको शब्द रचनामा तयार भएको गीतमा बिन्दु परियार र गोपी दाहालकै आवाज रहेको छ ।

    यस्तै गीतमा संगीत तथा अरेन्ज राजेन्द्र बजगाईंको रहेको छ । गीतको भिडियोलाई चर्चित फिल्म नृत्य निर्देशक कमल राईले निर्देशन गरेका छन् । रिचा थापा र कमल सिंहले अभिनय गरेको भिडियोमा सुमित गुरूङको कोरियोग्राफी रहेको छ । संजित के घिसिङ र बिशाल थापाको छायांकन रहेको भिडियोलाई तारा थापा 'किम्भे' ले सम्पादन गरेका छन् । ठुलो लागतमा निर्माण भएको भिडियोलाई पोखराको बेगनास ताल, फेवा ताल लगायतको ठाउँमा छायांकन गरिएको छ ।

     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com