• २०७९, जेठ ६ गते शुक्रवार

ताजा अपडेट

१२ जनामा सङ्क्रमण

८ घण्टा अगाडि

१२ जनामा सङ्क्रमण

८ घण्टा अगाडि

ट्रेन्डिङ

images

कोरोना लागेर अस्पताल भर्ना भएका बिरामीहरुको पनि खोजी गदैनन् चिकित्सकले, सरकार के हात उठाउने अवस्थामा नै पुगेको हो ? 

कोरोना लागेर अस्पताल भर्ना भएका बिरामीहरुको पनि खोजी गदैनन् चिकित्सकले, सरकार के हात उठाउने अवस्थामा नै पुगेको हो ? 

  • ओएसनेपाल
  • बैशाख १८, २०७८ शनिवार १०:०२ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 650
    SHARES
  • काठमाडौं -वीर अस्पतालमा एपेन्डिक्सको शल्यक्रिया गर्ने क्रममा बिहीबार रेनुका केसी आचार्यलाई कोरोना संक्रमण रहेको पत्ता लाग्यो । शल्यक्रियालगत्तै उनलाई कोभिड वार्डमा भर्ना गरियो । तर २४ घण्टा बित्दा पनि कुनै चिकित्सकले खोजखबर गरेनन् ।

    आचार्यसँगै सो वार्डमा अन्य २५ जना कोरोना संक्रमित छन् । ती सबैका आफन्तको एउटै गुनासो छ– ‘चिकित्सक छन्, नर्स पनि छन् तर संक्रमितलाई छुन मानिरहेका छैनन् ।’

    वीरमा मात्रै होइन, काठमाडौं उपत्यकाका प्रायः सबै कोभिड अस्पतालमा अहिले कोरोना संक्रमितको चाप थेगिनसक्नु छ । आफन्तको आकांक्षा पूरा गर्न चिकित्सकलाई हम्मे परिरहेको छ ।   यो समाचार कान्तिपुर दैनिकमा छ ।

    सरकारी अस्पताल होस् वा निजी, सबैले आफ्नो क्षमताभन्दा माथि नै कोरोना संक्रमितको उपचार गरिरहेका छन् । काठमाडौंमा कोरोना संक्रमितलाई बेड मात्र नभई केहीथरी औषधिको पनि संकट पर्ने देखिएको छ ।

    यही अनुपातमा संक्रमितको संख्या बढ्दै गए उपत्यकाका जेनेरल अस्पतालले कोरोना संक्रमितका लागि सबै बेड छुट्याए पनि धान्न कठिन पर्ने भएको छ ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com