काठमाडौँ । प्रवासी नेपालीहरुको साझा संगठन गैर आवासिय नेपाली संघ एनआरएनए एनसिसी युएसएको बोर्ड अफ डाइरेक्टर पदका लागि राजेन्द्र जोशी (जोशी बाबु)ले उमेरद्वारी दर्ता गराएका छन् । मे २९ र ३० तारिखमा हुने निर्वाचनका लागि उनले आफ्नो सम्पूर्ण तयारी पूरा भइसकेको जनाएका छन् । करिब १ दशकदेखि क्यार्लिफोनिया स्थित सानफ्रान्सीकोमा बस्दै आएका जोशी सामाजिक काममा पनि औधि सक्रिय समाजसेवीका रुपमा परिचित छन् । लमजुगंको बेसीशहर नगरपालिका वडा नम्बर १ मा जन्मे हुर्केका जोशीले एसएलसी बेसीशहरबाट नै सके भने उच्च शिक्षा अध्ययनका लागि उनी राजधानी काठमाडौँ आए ।
हाल अमेरिकाको क्यालिफोर्निया राज्यको वे-एरियाको २६ वर्ष पुरानो संस्था न्यान्स र युवा तथा बिद्यार्थीहरुको संजाल दि ह्वाइट जोन क्यालिफोर्निया नामक संस्थामा महासचिब रहेर काम गरिसकेको अनुभब उनीसँग छ । ओएस नेपालसँगको कुराकानीका क्रममा उनले संर्घषका दिन सम्झिँदै हायात होटलमा काम गर्दाको अनुभव सुनाए । उक्त समयमा पनि उनी कसैलाई अप्ठ्यारोमा परेमा, कसैलाई सहायता चाहिएमा उनी आँफु नै अग्र पंतिमा उभिएर सहायता दिन सँधै अग्रसर बनिरहे ।
अमेरिकाको १ दशक लामो बसाईका क्रममा उनले वे-एरियाको पुरानो संस्था न्यान्स र नेपाली कम्यूनिटि सेन्टर (एनसीसी) सानफ्रानसिस्को बे - एरियामा सामुदायिक भवन बनाउने साझा उद्देश्य प्राप्तिको लागि अहिले पनि संघर्षरत अवस्थामा छ । जसमा विभिन्न ईष्टान्डर कमिटीमा रहेर काम गरी भवन निर्माणको अभियानलाइ एउटा तार्किक बिद्नुसम्म ल्याउन आफुले प्रयाश गरेको र धेरै गतिबिधिहरुमा सक्रिय संलग्न भएको अनुभब आफु संग रहेको बताउँछन् । सन् २०१७ मा मिस नेपाल क्यालिफोर्निया जस्तो मेघा इभेन्टको आयोजना बे - एरियाका धेरै युवा साथिहरूलाई समेटेर भव्यताका साथ उनकै नेतृत्वमा नै सम्पन्न भयो ।
फलस्वरुप मिस नेपाल क्यालिफोर्निया रोज लामा २०१९ मा नेपालमा भएको मिस नेपाल प्रतियोगितामा सहभागी भएर फष्ट रनर अप हुन सफल भईन। जोशीले अमेरिकाबाट आर्थिक सहयोग गर्ने क्रममा कहिल्यै हात कमाएनन् । उनले लमजुगंका विभिन्न बिद्यालयहरुमा ठूलो आर्थिक सहयोग गरेका छन् । उनले बृद्ध आश्रमहरुमा पनि सहयोगका हात फैलाएका छन् । उनले नेपालमा विनाशकारी महाभूकम्प जाँदा दिल खोलेर सहयोग गरे भने वर्षेनी तराईमा आउने बाडी र पहाडमा जाने पहिरो पिडितका लागि हरेक वर्ष जसो नै दिल खोलेर सहयोगका हात फैलाइरहकै हुन्छन् ।
एनआरएनए अमेरिकाको बोर्ड अफ डिरेक्टरमा उमेद्धवारी किन ?
-आफु गैर आवाशीय नेपाली संघ राष्ट्रिय समन्यव समिति अमेरिकासंग बिगत ८ बर्षदेखि प्रत्यक्ष रुपमा संलग्न हुदै आइरहेको र विभिन्न टाक्सफोर्समा रहेर काम गरेको अनुभब छ।
-लामो समय मैले संस्थाको आजीबन सदस्य भएर कार्यसमिति बाहिर बसेर अग्रज तथा समकालीन साथीहरुको सारथी बने अब म मेरो भिजनलाइ कार्यसमितिमा बसेर साकार पार्न चाहन्छु।
- लामो समय संस्था बाहीर बसेर काम गर्दा धेरै विकृती र बिसंगतीहरू संस्थामा हाबी रहेको र आफु कमीटिमा गएमा कार्यसमीतिका साथीहरूलाई राम्रो काम गर्न झकझकाउने छु।
- बिधार्थी भाई बहिनीहरू अमेरिका आईसकेपछी पाउनु पर्ने सम्पुर्ण जानकारी दिन राम्रो हेल्प डेक्स खडा गर्न कार्यसमिती लाई पहल गर्ने छु।
- नेत्तित्व लाई स्थानिय (लोक्कल ) संस्था हरूसंग नजिकबाट काम गरेर हाम्रो समाजलाई दुख पर्दा कसरी चुस्त रूपले काम गर्न सकिन्छ भनेर डाटा निकाल्न सहयोग गर्ने छु।जुनकुरा नेतृत्वले चाडै पुरा गरोस।
-दोस्रो जेनेरेसनलाई एन आर एनसंग मिलेर काम गर्ने सहज बातावरण मिलाउने छु।
- बिधार्थीहरूको सदस्यता बिबाद चाँदै नृत्तृत्वले नेपाल सरकारलाई अनुरोध गरी जतिसक्दो छिटो समाधान गर्न पहल गर्ने छु।
- अमेरिकामा मृत्यु भएका नेपाली नागरिकको शव नेपाल पठाउन हुने झन्झटीलो व्याबस्थालाई सहज बनाउन नेपाल एम्बेस्सीसंग मिलेर काम गर्न छुट्टै समिती खडा गर्न नेतित्वलाई खवरदारी गर्ने छु।
© 2022 All Right Reserved osnepal.com
Site By: SobizTrend Technology