• २०७९, जेठ ७ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

नेपालमा पनि भारतमा जस्तै दृश्य देखिन थाल्यो : एकै परिवारका आठ जना कोरोना संक्रमित, आमापछि छोराको मृत्यु

नेपालमा पनि भारतमा जस्तै दृश्य देखिन थाल्यो : एकै परिवारका आठ जना कोरोना संक्रमित, आमापछि छोराको मृत्यु

  • ओएसनेपाल
  • बैशाख १९, २०७८ आइतवार ०८:०८ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 722
    SHARES
  • इनरुवामा कोरोना संक्रमणका कारण आमापछि छोराको मृत्यु भएको छ। इनरुवा–३ मा एकै परिवारका आठ जनामा कोरोना संक्रमित भएकोमा आमापछि छोराको मृत्यु भएको हो। कोरोना पुष्टि भएपछि होम आइसोलेसनमै बसेकी परिवारकै ज्येष्ठ सदस्य ८४ वर्षीया आमाको तीन दिनअघि मृत्यु भएको थियो। यो समाचार आजको नागरिक दैनिकमा छ ।

    शनिबार भने ६४ वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। सुनसरीमा एकपछि अर्को गरी कोरोना संक्रमितको मृत्यु हुने क्रम बढ्दो छ। इनरुवामा मात्र एक साताको अवधिमा चार जनाको मृत्यु भइसकेको छ। कोरोना भाइरसको महामारीको दोस्रो लहर सुरु भएसँगै जिल्लाभर नौ जनाको मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईंले जनाए। इनरुवासँगै इटहरी र धरानका कोरोना संक्रमितको मृत्यु भएको हो। सुनसरीमा अहिले ३ सय ३४ जना सक्रिय संक्रमित रहेका छन्।  

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com