एजेन्सी । बार्सिलोनाले स्पेनिस ला लिगामा भ्यालेन्सियामाथि शानदार जित दर्ता गरेको छ । बार्सिलवोनाका कप्तान लियोनेल मेस्सी चम्कदा बासिलोनाले ३९२ को शानदार जित निकाल्न सफल भएका हुन् । बार्सिलोनालाई जित दिलाउनको लागि कप्तान मेस्सीले दुई गोल गरे भने एक गोल एन्टोइन ग्रिजमनले अर्को गोल गरेका हुन् ।
घरेलु टोली भ्यालेन्सियाका लागि गाब्रियल पाउलिस्टा र कार्लोस सोलेरले समान एकरएक गाल गरे । पाँचै गोल दोस्रो हाफमा सम्भव भएको थियो । गएरातीको खेलमा भएको जितसँगै ३४ खेलबाट ७४ अंक जोड्दै बार्सिलोना लिगको तेस्रो स्थानमा छ । समान खेल खेलेको एट्लेटिको ७६ अंकसहित शीर्षस्थानमा छ ।
© 2022 All Right Reserved osnepal.com
Site By: SobizTrend Technology