• २०७८, माघ १५ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

महरा र बाँस्कोटा काण्ड सार्वजनिक गरेका पत्रकार अजयबाबु शिवाकोटी श्रमजीवी पत्रकार बारे चिन्तित ( भिडियोसहित)

महरा र बाँस्कोटा काण्ड सार्वजनिक गरेका पत्रकार अजयबाबु शिवाकोटी श्रमजीवी पत्रकार बारे चिन्तित ( भिडियोसहित)

  • बैशाख २१, २०७८ मंगलवार ०९:५५ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < २ मिनेट
  • 758
    SHARES
  • तत्कालिन संचार मन्त्री गोकुल बाँस्कोटा र सभामुख कृष्ण बहादुर महरा प्रकरण पहिलोपटक सार्वजनिक गरेका हाम्राकुरा डटकमका प्रधान सम्पादक, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी नेपालभर कोरोनाको महामारीमा सकृय आम श्रमजीवी पत्रकार बारे गम्भिर चासो र चिन्ता व्यक्त गरेका छन् । ओएसनेपाल बाट प्रसारित कार्यक्रम International Discourse मा सिवाकोटीले संस्थाको कार्ड भेटेरै मात्र प्रयाप्त नहुने बताएका छन् ।

    यो दोस्रो चरणको कोरोना लहरले धेरै मानिसहरुको मृत्यु भइसकेकाले यसलाई मज़ाकको रुपमा नलिनपनि अग्रह गरेका हुन् । नेपाल सरकारका मन्त्रीहरु , विभिन्न दलका नेताहरु, आम नागरिकहरु मा संक्रमण देखिनुको कारक तत्व अभद्र भेटघाट, अनावश्यक उपस्थिति भएको औल्याएका छन् । २/४ जना संञ्चारकर्मीको उपस्थिति हुनु नै पर्याप्त हुने बताउदै , धेरै भिड नगर्न आम पत्रकारहरुलाई सिवाकोटीले आग्रह गरेका छन् । मन्त्री हरु संक्रमण हुनुको कारण नै पत्रकारहरुको अनावश्यक भीड़ रहेको गम्भिर आरोप लगाएका छन् । 

    ओएसनेपाल का अन्तराष्ट्रीय डाईरेक्टर एचबी ताम्राकारसंगको संवाद मा बोल्दै , सिवाकोटीले भने ‘प्रिय पत्रकार साथीहरु, 
    यो कठीन परिस्थितिमा समाचार संकलनका लागि भनेर स्वास्थ्य मापदण्डमा कम्प्रोमाइज गरेर संचार संस्थाले दिएको एउटा कार्डको भरमा भीडमा निस्कने प्रयास नगर्नुहोला I पत्रकारको कार्डलाई प्रशासनले त चिन्ला तर कोरोनाको भाइरसले चिन्दो रहेनछ । त्यसैले समाचार स्रोत तथा सूत्रलाई परिचालन गर्नुस, भेट्ने भन्दा संचारका विभिद माध्यमको प्रयोग गरि समाचार संकलन र सम्प्रेषण गर्नुस । पहिलो प्राथमिकता आफ्नो स्वास्थ्यलाई नै राख्नुस । कथं केहि भइहाले तपाई हामी चढ्ने सरकारी आँकडाको नम्बरमा मात्र हो तर तपाई हाम्रो परिवारले जीन्दगीभर आँसुमा डुब्नु पर्छ । त्यसैले सुरक्षित रहेरै समाचार सम्प्रेषण गर्नुस ।’1FA8DB13-1120-458C-A1AC-4F77583101AC.jpeg

    नेपाली कांग्रेस को पत्रकारहरुको ठुलो संगठन नेपाल प्रेस युनियन का केन्द्रीय महासचिव समेत रहेका अजयबाबु सिवाकोटी आगामी केन्द्रीय महाधिवेशनमा सभापतिको रुपमा फिल्डमा उत्रीने जानकारी गराएका हुन् ।भावी सभापति को रुपमा हेरिएका महासचिव अजयबाबु सिवाकोटीलाई देशभरबाट नेपाली कांग्रेस नजिकका संचारकर्मीहरुको उत्साहजनक समर्थन रहेको देखिन्छ । 

    सवैलाई स्मरण रहोस् , महासचिव अजयबाबु सिवाकोटी कै कारण तत्कालीन संचारमन्त्री गोकुल बास्कोटा र तत्कालीन सभामुख कृष्ण बहादुर महराले नैतिकताका आधारमा राजिनामा दिनैपर्ने स्थिति बनेको थियो ।यि दुई काण्ड पर्दाफास गरेका अजयबाबु सिवाकोटी नागरिकको नजरमापनि प्रिय पत्रकारको रुपमा उभ्भिएका छन् ।यो अन्तराष्ट्रीय बहस् ओएसनेपालको आधिकारिक पेज र युट्युव बाट हेर्न सकिनेछ ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com