• २०७८, माघ १५ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

'पुर्ण रुपमा  लकडाउन भएपनि तिन महिनालाई पुग्ने  खाद्य वस्तु  बजारमा मौज्जात छ, आत्तिनुपर्ने अवस्था छैन'

'पुर्ण रुपमा  लकडाउन भएपनि तिन महिनालाई पुग्ने  खाद्य वस्तु  बजारमा मौज्जात छ, आत्तिनुपर्ने अवस्था छैन'

  • ओएसनेपाल
  • बैशाख २१, २०७८ मंगलवार १५:५० बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 749
    SHARES
  • काठमाडौं २१ बैशाख  । कोरोना संक्रमणले  गर्दा नेपालमा पुर्ण लकडाउन भएपनि तिन महिनाको लागि पुग्ने  दैनिक उपभोग्य वस्तु मौज्दात भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ ।

    उपभोग्य खाद्यवस्तुको आपूर्ति सहज रुपमा भइरहेको  बताएका  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले चामल, दाल, नुन, तेल, चिनी लगायतका दैनिक उपभोग्य वस्तुहरु पूर्णरुपमा लकडाउन भएको अवस्थामा पनि ३ महिनालाई पुग्नेगरी बजारमा मौज्दात रहेको बताएका हुन् ।   पौडेलले  आवश्यक भन्दा बढी  खाद्यवस्तु सञ्चय नगर्न पनि उपभोक्ताहरुलाई  आग्रह गरेका छन् ।  पोडेलले एक  कार्यक्रममा  भने ,'चामल, दाल, नुन, तेल, चिनी लगायतका न्युनतम वस्तुको स्टक करिब ३ महिनालाई अझै पनि हामीलाई सप्लाईमा समस्या छैन । नआए पनि पुग्छ । खाद्य पदार्थको आपूर्ति सहज छ । उपभोक्ताले उपभोगको मात्रा बढाए, आवश्यकताभन्दा बढी खरिद गरिदिनु भो भने मूल्यवृद्धि गर्ने सम्भावना रहन्छ । आत्तिनुपर्ने अवस्था छैन ।’

    दैनिक उपभोग्य  वस्तुको  आयातमा पनि कुनै पनि समस्या नभएको बताएका छन् ।‘भन्सार नाकाका छेउमा आयात गरेर राखिएका गोदामहरु छन् । त्यो गोदामहरुबाट काठमाडौंसम्म ल्याउनको लागि दैनिक उपभोग्य वस्तुका साधनहरु, मास्क सेनिटाइजर जस्ता अहिले अत्यावश्यक भएका वस्तुहरु सँगसँगै उद्योगको कच्चा पदार्थका लागि आउने सवारी साधनलाई रोकिएको छैन ’उनले भने  । 

     

     

     

     

     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com