• २०७९, जेठ ७ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

पूर्वरानी कोमल शाह र वरिष्ठ नेता खनालको स्वास्थ्यमा सुधार

पूर्वरानी कोमल शाह र वरिष्ठ नेता खनालको स्वास्थ्यमा सुधार

  • बैशाख २१, २०७८ मंगलवार १७:३३ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 496
    SHARES
  •  काठमाडाँै, २१ वैशाख - नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र पूर्वरानी कोमल शाहको स्वास्थ्यावस्थामा क्रमिक सुधार भइरहेको छ । नर्भिक इन्टरनेशल अस्पतालमा कोभिड–१९ सङ्क्रमित भई उपचाररत  दुवैको स्वास्थ्यमा सुधार भइरहेको हो । अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाका अनुसार अक्सिजनमा राखेर उपचाररत नेता खनालको स्वास्थ्यवस्था सुधारोन्मुख  छ । उहाँ कोरोना भाइरस सङ्क्रमण भई गत शनिबार अस्पतालमा भर्ना हुनुभएको थियो । 

    यस्तै प्लाज्मा थेरापी विधिबाट अस्पतालमा उपचार गराइरहनुभएका पूर्वरानी शाहको अवस्थामा पनि सुधार आएको उहाँले बताउनुभयो । गत बिहीबारदेखि पूर्वरानी शाहलाई प्लाज्मा थेरापीबाट उपचार गर्न थालिएको हो । अहिले पनि उहाँको सघन उपचार कक्षमा राखेर उपचार गरिएको छ ।  उहाँका अनुसार अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र र पूर्वअधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर छ । भारतको हरिद्वारमा भएको कुम्भमेलाबाट फर्किएपछि पूर्वराजारानीलाई सङ्क्रमण भएको थियो । (रासस)
     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com