• २०७९, जेठ ७ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

कोरोना संक्रमणबाट चितवनमा १८ घण्टामा आठ जनाको मृ त्यु

कोरोना संक्रमणबाट चितवनमा १८ घण्टामा आठ जनाको मृ त्यु

  • बैशाख २२, २०७८ बुधवार १५:५४ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 397
    SHARES
  • चितवन - चितवनका दुईवटा अस्पतालमा १८ घण्टामा आठजना कोरोना सङ्क्रमितको मृ त्यु भएको छ । मङ्गलबार मध्याह्न ३ः३० देखि बुधबार बिहान ९ः२६ बजेसम्म आठ जनाको मृ त्यु भएको हो । मृ त्यु भएकामध्ये पाँचजना ४० देखि ४५ वर्ष उमेर समूहका रहेका छन् ।
     
    चितवन मेडिकल कलेजमा चार र भरतपुर अस्पतालमा चार जनाको मृ त्यु भएको छ । मृ त्यु हुने अधिकांश ५० वर्ष मुनिका रहेका छन् । चितवन मेडिकल कलेजका सूचना अधिकारी डा किशोर अधिकारीका अनुसार रुपन्देहीको बुटवल उपमहानगरपालिकाका ४२ वर्षीय पुरुष, रुपन्देहीकै शुद्धोधन नगरपालिकाका ४२ वर्षीय पुरुष, नवलपपरासीको गैँडाकोट नगरपालिकाका ५८ वर्षीय पुरुष र रुपन्देहीको तिलोत्तमा नगरपालिकाका ५८ वर्षीय पुरुषको आज बिहान मृ त्यु भएको हो । मृत्यु भएकाहरुमा कोभिडबाहेक अन्य जटिल समस्या नरहेको अधिकारीले जानकारी दिनुभयो ।
     
    यस्तै भरतपुर अस्पतालका मेडिकल रेकर्डर नारायण रिजालका अनुसार भरतपुर–४ का ६२ वर्षीय पुरुष र बुटवलका ४० वर्षीय पुरुषको मङ्गलबार दिउँसो, साँझ मकवानपुरको हेटौँडा नगरपालिकाका ४३ वर्षीय पुरुषको र आज बिहान भरतपुर महानगरपालिकाका ४५ वर्षीय पुरुषको मृ त्यु भएको छ ।रासस 

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com