• २०७९, जेठ ७ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

देवघाटधाममा अन्तिम संस्कारका लागि ल्याउने श वको सङ्ख्या दोब्बरभन्दा बढी

देवघाटधाममा अन्तिम संस्कारका लागि ल्याउने श वको सङ्ख्या दोब्बरभन्दा बढी

  • बैशाख २२, २०७८ बुधवार १५:५९ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 493
    SHARES
  • चितवन, २२ वैशाखः देशैभर कोरोनाको सङ्क्रमण बढिरहेको बेला पवित्र तीर्थस्थल देवघाटधाममा अन्तिम संस्कारका लागि ल्यााउने श वको सङ्ख्या दोब्बरभन्दा बढी भएको छ । सङ्क्रमितको श व बागेश्वरीमा र अन्यको देवघाटमा अन्तिम संस्कार गरिँदै आएको छ ।
     
    देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेका अनुसार दैनिक सात÷आठवटा श व दाहसंस्कारका लागि आउने गरेकामा अहिले यो सङ्ख्या बढेर एकै दिन १९ सम्म पुगेको छ । यसअघि धेरै श व आएका दिन १० वटासम्म हुने गरेको भन्दै उहाँले एकाएक श व बढेपछि दाउराको व्यवस्थापन जटिल बन्ने बताउनुभयो ।
     
    कोरोनाबाट मृ त्यु भएकाहरुको नेपाली सेनाको सहयोगमा बागेश्वरीस्थित नारायणी नदी किनारमा अन्तिम संस्कार गरिन्छ । कतिपयलाई जलाइन्छ भने कतिपयको धार्मिक विधिअनुसार पुर्ने गरिन्छ । जलाउनका लागि देवघाटबाटै दाउरा लैजाने गरिन्छ ।
     
    घिमिरेको भनाइमा विगतका तुलनामा दोब्बरभन्दा बढी श व आउन थालेपछि थप दाउरा व्यवस्थापनको तयारी थालिएको छ । शवको व्यवस्थापनमा सहयोग गर्दै आएको कालीबहादुर गण भरतपुरका प्रमुख सेनानी विज्ञानराज खनालका अनुसार सङ्क्रमण भएका दैनिक तीन÷चारवटा श व सेनाले व्यवस्थापनमा सहयोग गर्दै आएको छ । अन्य श व देवघाटमा अन्त्येष्टि गरिन्छ ।
     
    गत वर्ष यही समयमा पहिलो पटक लकडाउन हुँदा देवघाटमा श वको सङ्ख्या पनि घटेको थियो । उक्त समयमा दैनिक ५÷६ वटा मात्रै श व आउने गरेको बताइन्छ । तर यस पटक शवको सङ्ख्या बढ्नुलाई सङ्क्रमणको कारण होम आइसोलेशनमा मृ त्यु भएको हुन सक्ने अनुमान गरिएको छ । होम आइसोलेशनमा मृ त्यु भएकाहरुको श व आफन्तले नै अन्त्येष्टि गर्ने गरेको हुन सक्ने देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष टङ्कनाथ पौडेलले बताउनुभयो ।
     
    सामान्य अवस्थामा टाढाटाढाबाट समेत श व ल्याइने भए पनि लकडाउनका कारण अहिले अन्यत्रबाट शव देवघाट ल्याइँदैन । स्थानीय खोला नदीहरुमा नै अन्त्येष्टि गरिँदै आएको छ । देवघाट क्षेत्रमा वृद्धवृद्धाहरुको बसोबास धेरै भएकाले समितिले थोरै सङ्ख्यामा मात्रै मलामी आइदिन र अन्त्येष्टिस्थलबाट सोझै फर्किन आग्रह गर्दै आएको छ । (रासस) 

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com