• २०७८, माघ १५ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ फेरि अस्पताल भर्ना

चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ फेरि अस्पताल भर्ना

  • ओएसनेपाल
  • बैशाख २२, २०७८ बुधवार २२:०४ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 759
    SHARES
  • काठमाडौं । केही दिनअघि मात्रै कोरोनालाई जितेका कलाकार मदनकृष्ण श्रेष्ठलाई फेरि अस्पताल भर्ना भएका छन् । उनको शरीरमा अक्सिजन लेवलमा कमी आएपछि उनलाई पुनः अस्पताल लगिएको पारिवारिक स्रोतले जनाएको छ । 

    आठ दिन अस्पतालमा उपचारपछि गएको आइतबार मात्रै घर फर्किएका उनलाई भोलिपल्टै फेरि अस्पताल लगिएको पारिवारिक स्रोतले जनाएको छ । 

    अक्सिजन लेवल ८४ मा झरेपछि भोलिपल्ट नै फेरि अस्पताल लैजानुपरेको र अब अझै केही दिन अस्पतालमा राखेर उपचार गरिने बताइएको छ ।  छोरा यमन, बुहारी रिंकु र छोरी सरानाको स्वास्थ्यमा भने पहिलेभन्दा धेरै सुधार भइसकेको बताइएको छ । 

    कलाकार श्रेष्ठको छातीमा सामान्य इन्फेक्सन देखिएकाले चिकित्सकले केही दिन अस्पतालमै राखेर उपचार गर्ने निर्णय लिएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com