• २०७८, माघ १५ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

नेपालका कुशल भुर्तेल आइसिसीको महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा

नेपालका कुशल भुर्तेल आइसिसीको महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा

  • ओएसनेपाल
  • बैशाख २३, २०७८ बिहिवार ०७:३६ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 719
    SHARES
  • काठमाडौँ- नेपाली युवा क्रिकेट खेलाडी कुशल भुर्तेल अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को महिनाको उत्कृष्ट खेलाडीको पुरस्कारका लागि मनोनयनमा पर्नुभएको छ ।  आइसिसीले अप्रिलको उत्कृष्ट खेलाडीका लागि उहाँलाई मनोनयन गरेको हो । पहिलो पटक नेपाली क्रिकेट खेलाडी सो पुरस्कारको मनोनयनमा पर्नुभएको हो । भुर्तेलसँगै पाकिस्तानका फखर जमान र बाबर आजमलाई सो पुरस्कारका लागि मनोनयन गरिएको आइसिसीले जनाएको छ । यही वैशाख पहिलो साता नेपालमा भएको त्रिदेशीय टी–२० सिरिजमा नेपालका लागि २४ वर्षीय भुर्तेलले उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको थियो । 

    नेपाल, मलेसिया र नेदरल्याण्डस सम्मिलित सो सिरिजको उपाधि नेपालले जितेको थियो । सिरिज जिताउनमा उहाँको ठूलो योगदान थियो । भुर्तेलले टी २० क्रिकेटको डेब्यू खेलमै लगातार तीन अर्धशतक बनाउने विश्व कीर्तिमानसमेत बनाउनुभएको थियो । उहाँले सो प्रतियोगिताभर पाँच अर्धशतकसहित सर्वाधिक २७८ रन बनाउनुभएको थियो । । भुर्तेल प्लेअर अफ दि सिरिज घोषित हुनुभएको थियो । उहाँले नेदरल्याण्डसविरुद्धको पहिलो खेलमा ६२, मलेसियाविरुद्धको खेलमा ६१, नेदरल्याण्डसविरुद्धको दोस्रो खेलमा ६२ तथा नेदरल्याण्डससितको फाइनल खेलमा ७७ रन बनाउनुभएको थियो । 

    सिरिजमा गरिएको प्रदर्शनका आधारमा उहाँ पहिलो पटक आइसिसीको टी–२० वरियतामा ९३ औँ स्थानमा पर्न सफल हुनुभएको थियो । आइसिसीले जारी गरेको अर्को वरियतामा भुर्तेल ६१औँ स्थानमा उक्लिनुभएको थियो । यसैगरी पुरस्कारका लागि मनोनीत पाकिस्तानका जमानले दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिजमा ३०२ रन बनाउनुभएको थियो । सोक्रममा उहाँले  दुई शतकसमेत बनाउनुभएको थियो । मनोनयनमा पर्नुभएका आजमले दक्षिण अफ्रिकाविरुद्ध सोही एकदिवसीय सिरिजमा २२८ रन बनाउनुभएको थियो । पुरस्कारको घोषणा यही वैशाख २७ गते गरिने छ ।  (रासस) 

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com