• २०७८, माघ १५ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

म्याग्दीका रमेशले गरे छ वर्ष कोरियामा कमाएको पैसाले गाउँमै पशुपालन र रेष्टुरेन्टमा लगानी

म्याग्दीका रमेशले गरे छ वर्ष कोरियामा कमाएको पैसाले गाउँमै पशुपालन र रेष्टुरेन्टमा लगानी

  • ओएसनेपाल
  • बैशाख २३, २०७८ बिहिवार १३:०९ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < २ मिनेट
  • 1.0K
    SHARES

  • गलेश्वर, २३ वैशाख- म्याग्दीका एक व्यक्तिले छ वर्षसम्म कोरियामा कठोर परिश्रम गरेर कमाएको रु एक करोड स्वदेश फर्केर आफ्नै गाउँमा पशुपालन र रेष्टुरेन्टमा लगानी गर्नुभएको छ । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका ४० वर्षीय रमेश रावलले छ वर्ष कोरियामा कमाएको पैसा गाउँमै पशुपालन र रेष्टुरेन्टमा लगानी गर्नुभएको हो ।

    रावलले बेनी–बागलुङ सडक खण्डको रत्नेचौरमा रु ५० लाखको लगानीमा गाईभैँसी पालन शुरु गर्नुभएको छ । गत सालदेखि गाईभैँसी पालन शुरु गर्नुभएका रावलको पशु फर्ममा आठवटा गाई र पाँचवटा भैँसी छन् । गाई र भैँसीबाट दैनिक १०० लिटर दूध उत्पादन हुने र त्यो दूध बेनी र बागलुङको बजारमा रहेका दूध डेरीमा बिक्री गर्दै आएको रावलले बताउनुभयो ।

    गत वर्ष कोरोनाका कारण लकडाउन भएपछि उहाँले गाईभैँसीपालन शुरु गर्नुभएको थियो । रावलले अहिले रु ५० लाखको लगानीमा पशु फार्म नजिकै रेष्टुरेन्ट सञ्चालनका लागि संरचना निर्माण गर्दै गरेको बताउनुभयो । आधुनिक किसिमको रेष्टुरेन्टको भौतिक संरचनाको निर्माण कार्य  अन्तिम चरणमा पुगेको उहाँको भनाइ छ ।

    पशुपालनबाट आम्दानीसमेत हुन थालेपछि रावलले रेष्टुरेन्ट सञ्चालन गर्न थालेको बताउनुभयो । रेष्टुरेन्ट सञ्चालन गर्नका लागि आकर्षक भवनहरु निर्माण हुँदैछन् । यसमा उहाँले रावलले ५० लाख लगानी गर्नुभएको छ । “रु ५० लगानी गरेर गत वर्ष पशु फर्म सञ्चालन गरेँ, अहिले होटल पनि सञ्चालन गर्नुप¥यो भनेर रु ५० लाख जतिको लागतमा व्यवस्थापन कार्य चलिरहेको छ”, रावलले भन्नुभयो ।  

    वर्षौँदेखि बाँझो पल्टिएको आफ्नो जमीनमा उहाँले पशु फार्म र रेष्टुरेन्ट सञ्चालन गर्नुभएको हो । बागलुङ र म्याग्दी दुवैतिरका मानिसलाई पायक पर्ने ठाउँमा पाँच कोठाको आकर्षक रेष्टुरेन्ट निर्माण भइरहेको छ । विशेषगरी म्याग्दी र बागलुङका ग्राहकलाई लक्षित गरी होटल सञ्चालन गर्नुभएका उहाँले बागलुङदेखि मुक्तिनाथ र गलेश्वर जाने आन्तरिक तथा बाह्य पर्यटकले समेत सेवा लिन सक्ने बताउनुभयो ।

    रावलले आफ्नो पशु फर्ममा चार जनालाई रोजगारीसमेत दिनुभएको छ । उनीहरुलाई राम्रो सेवा सुविधा दिएर राखेको रावल बताउनुहुन्छ । “युवाहरुले गाउँमा काम गर्न मान्दैनन्, सबै विदेशतिर जान खोज्छन्, गाउँमा काम गर्ने मान्छे पाउन पनि साह्रै मुस्किल छ”, उहाँले भन्नुभयो ।

    दूध बेचेरै मासिक रु एक लाख कमाउँदै आउनुभएका रावलले समयको मागलाई चिनेर राम्रोसँग व्यवसाय गर्न सक्ने हो भने आफ्नै गाउँठाउँमा विदेशमा भन्दा बढी कमाइ गर्न सकिने बताउनुभयो । विदेश जाने भनेर हुरुक्क नहुन पनि रावलले युवा पुस्तालाई आग्रह गर्नुभयो । “महामारी होस् वा अन्य कुनै विपत्ति, आखिर फर्किनु पर्ने त आफनै गाउँमा हो”, उहाँले भन्नुभयो “अप्ठ्यारो पर्दा मात्र होइन, जोश, जाँगर, उमेर र वर्गत छँदै आफ्नो माटोको सुगन्धलाई चिन्न सक्नु पर्दोरहेछ । नत्र पछि पछुताउनुको विकल्प हुँदोरहेनछ ।”

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com