• २०७८, माघ १५ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

रेम्डिसिभिर औषधिमा कालोबजारी गर्ने रफिक काठमाडौँ टोखाबाट समातिए

रेम्डिसिभिर औषधिमा कालोबजारी गर्ने रफिक काठमाडौँ टोखाबाट समातिए

  • ओएसनेपाल
  • बैशाख २३, २०७८ बिहिवार २०:२२ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 681
    SHARES
  • काठमाडौँ - रेम्डिसिभिर औषधि कालोबजारी गरेका अभियोगमा काठमाडौँ टोखा बस्ने गोरखा आरुघाट गाउँपालिका–४ का २५ वर्षीय रफिक मियालाई आज प्रहरीले पक्राउ गरेको छ ।  कोभिड–१९ बाट सङ्क्रमितलाई आवश्यक पर्ने रेम्डिसिभिर इन्जेक्सन कालोबजारी भइरहेको भन्ने सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    करीब रु ३० हजार पर्ने छ थान रेम्डिसिभिर रु एक लाख २० हजारमा किनबेच गर्न लागेका अवस्थामा उनलाई काठमाडौँको वसुन्धराबाट पक्राउ गरिएको जनाइएको छ । मियाले काठमाडौँ महाराजगञ्जस्थित नीलकण्ठ लम्सालका नाममा दर्ता रहेको सेवक फर्माका दीपक ढकालसँगको मिलेमतोमा रेम्डिसिभिर ल्याएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । अहिले प्रहरीले उक्त फर्मा बन्द गरी फरार ढकालको खोजी गरिएको रहेको महाशाखाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com