• २०७८, माघ १५ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

‘रुन्छु धरर’मा उद्धव र सबिता बिष्टको गज्जब अभिनय, हेर्नुहोस् यो मर्मस्पर्शी भिडियो

‘रुन्छु धरर’मा उद्धव र सबिता बिष्टको गज्जब अभिनय, हेर्नुहोस् यो मर्मस्पर्शी भिडियो

  • ओएसनेपाल
  • बैशाख २४, २०७८ शुक्रवार ०८:५० बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 713
    SHARES
  • काठमाडौँ । कलाकार उद्धव प्रसाद  भट्टराईको  नयाँ गीत ‘रुन्छु धरर’ बजारमा आए लगत्तै यसको चर्चा सुरु भएको छ । नुवाकोट चैनपुरका उद्धवको ‘रुन्छु धरर’मा सुमधुर स्वरकी धनी कल्पना सेन्चुरीले स्वर भरेकी छन् । गीतमा गणेश सेन्चुरीको शब्द,अनुपा शंखरको सङ्गीत रहेको छ । गीतमा बिष्णु तामाङ्कोको एरेन्ज रहेको छ । 

    सरिता बिष्टले निर्देशन गरेको गीतमा उद्धवका अलावा निर्देशक बिष्ट, स्वरुप भण्डारी, प्रदिप मगरको अभिनय रहेको छ । भिडियो बजारमा आएसँगै निर्देशक सरिताले कलाकारहरुको साथ पाएका कारण सहज तरिकाले कोरोनाको समयमा पनि भिडियोको छायांकन गर्न सहज भएको बताइन् । 

    शिर्षक इन्टरटेन्मेन्टबाट बजारमा ल्याइएको गीतले आफ्नो मायालुलाई गुमाएकी पत्निको विरहलाई जस्ताको त्यस्तै देखाएको छ ।  ‘के गर्नु माया म’, यस्तो प्रेम कथा  नामक २ वटा फिल्म निर्माण गरिसकेका कलाकार तथा  युवा व्यवसायी एवंम निर्माता  भट्टराईले आफ्नो सृजनालाई दर्शकले रुचाइदिएकोमा आभार प्रकट गरेका छन् । भट्टराई विश्व कलाकार माहासंघको आजिवन सदस्य, बक्स अफी।स नेपाल सक्रिय सदस्य तथा नुवाकोट महापञ्चकन्या कन्सट्रक्सन एण्ड  सप्लायर्सका प्रबन्ध निर्देशक समेत हुन् । भिडियो शीर्षक इन्टरटेनमेन्टबाट बजारमा ल्याइएको हो । 

     

     

     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com