• २०७८, माघ १५ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि  बादल र  देवकोटाको नाम आयोगमा  भयो दर्ता 

राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि  बादल र  देवकोटाको नाम आयोगमा  भयो दर्ता 

  • ओएसनेपाल
  • बैशाख २४, २०७८ शुक्रवार १३:०५ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 718
    SHARES
  • हेटौंडा २४  बैशाख । वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेका  रामबहादुर थापा बादल र  विपक्षी गठबन्धनको तर्फबाट स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाको उम्मदेवारी  दर्ता भएको  छ ।

    जेठ ६ गते हुन लागेको राष्ट्रियसभा सदस्य निवार्चनको लागि आज  वाग्मती प्रदेशको राजधानी हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा बादल र देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन् । बादलको प्रस्तावमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहेका छन् ।

    देवकोटाको प्रस्तावकमा नेकपा माओवादी केन्द्र वाग्मती प्रदेशसभा संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र समर्थक नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक राधा घलेरहेकी छन् ।देवकोटालाई माओवादी, कांग्रेस, जनता समाजवादी  एमालेको नेपाल समुहको समर्थन रहेको छ  । 

    नेपाल मजदुर किसान पार्टीले पनि राष्ट्रियसभा सदस्य उपनिर्वाचनको लागि  उम्मेदवारी दिएको छ  । 

     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com