• २०७८, माघ १५ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

 अक्सिजन आपूर्तिमा सहजीकरण गर्न सरकारसँग अल्का अस्पतालको आग्रह

 अक्सिजन आपूर्तिमा सहजीकरण गर्न सरकारसँग अल्का अस्पतालको आग्रह

  • ओएसनेपाल
  • बैशाख २४, २०७८ शुक्रवार १६:२१ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 557
    SHARES
  • काठमाडौँ, २४ वैशाख- ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालले अक्सिजन आपूर्तिमा सहजीकरण गर्न सरकारसँग आग्रह गरेको छ । अस्पतालले अक्सिजन आपूर्तिमा कठिनाइ हुँदा कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारमा समस्या भएको भन्दै अक्सिजन आपूर्तिमा सहजीकरण गर्न आग्रह गरेको हो ।

    अस्पतालका प्रमुख कार्यकारी अधिकृत  दीपेन्द्र पोखरेलले अस्पतालमा बिरामीको सङ्ख्या बढ्दै जाँदा अक्सिजन आपूर्तिमा कठिनाइ भएको जानकारी दिनुभयो । “हाल अक्सिजनका कारण अस्पतालमा कारोना सङ्क्रमितको उपचारमा समस्या देखिन शुरु भएको छ, अस्पतालमा बिरामीको चाप बढ्दै जाँदा अक्सिजन आपूर्तिमा समस्या थपिँदै गएको छ, हामीले बिरामीको उपचार कसरी गर्ने”, उहाँले भन्नुभयो ।

    उहाँका अनुसार हाल अस्पतालमा दैनिक १५० अक्सिजन सिलिन्डरको आवश्यकता भएकामा अस्पतालले ४४ सिलिन्डर आन्तरिक उत्पादनबाट व्यवस्था गर्दै आएको छ । अक्सिजन सहज रुपमा उपलब्ध गराउने वातावरण बनाइदिन अल्का अस्पतालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, वाग्मती प्रदेश सरकार, स्थानीय प्रशासन तथा स्थानीय तहलाई आग्रहसमेत गरेको छ । (रासस) 

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com