• २०७९, जेठ ७ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

ताप्लेजुङमा  सञ्चालन हुँदै आएका बैंक तथा वित्तीय संस्थाहरु आजदेखि बन्द 

ताप्लेजुङमा  सञ्चालन हुँदै आएका बैंक तथा वित्तीय संस्थाहरु आजदेखि बन्द 

  • ओएसनेपाल
  • बैशाख २४, २०७८ शुक्रवार १६:२४ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 410
    SHARES
  • ताप्लेजुङ जिल्लामा  सञ्चालन हुँदै आएको बैंक तथा वित्तीय संस्थाहरु आजदेखि बन्द भएका छन् । जिल्लामा तीव्ररुपमा कोभिड–१९ सङ्क्रमण बढेपछि सङ्क्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउन थालिएको हो । 

    फुङ्लिङ बजारमा यही वैशाख २० गतेदेखि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञाको समयमा पनि बैंक तथा वित्तीय संस्थाहरुका कार्यालयहरु सञ्चालन हुँदै आएपछि जिल्ला प्रशासन कार्यालयले आज शुक्रबारदेखि नै लागू हुने गरी बन्द गर्ने निर्देशन गरेको थियो । अत्यावश्यक परेमा एकजना कर्मचारी राखेर सेवा प्रदान गर्न जिल्ला प्रशासन आग्रह गरिएको छ । निषेधाज्ञा जारी भएसँगै फुङ्लिङ बजार सुनसान भएको छ ।

    दिन प्रतिदिन जिल्लामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्दै गएको कोभिड–१९ का स्रोत व्यक्ति प्रतिमा खरेलले बताउनुभयो । तीव्ररुपमा सङ्क्रमित बढ्दै गएपछि नौ स्थानीय तहमध्ये फक्ताङलुङ गाउँपालिकाबाहेक अन्य  स्थानीय तहले अत्यावश्यक सेवाबाहेकका सबै सेवा स्थगित गरेका छन् । 
     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com