• २०७८, माघ १५ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

बैशाख २७ नजिकिँदै गर्दा ओलीले बोलाए संवैधानिक परिषद्को बैठक तर सापकोटा र देउवा भने नजाने

बैशाख २७ नजिकिँदै गर्दा ओलीले बोलाए संवैधानिक परिषद्को बैठक तर सापकोटा र देउवा भने नजाने

  • ओएसनेपाल
  • बैशाख २४, २०७८ शुक्रवार १८:०५ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 648
    SHARES
  • काठमाडौं २४  बैशाख  । प्रधानमन्त्री केपी शर्मा ओलीले  आइतबार संवैधानिक परिषद्को बैठक बोलाएका छन् । विभिन्न संवैधानिक आयोगहरूमा पदाधिकारी तथा सदस्य नियुक्तिको विषयमा निर्णय लिन परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आइतबार बिहान ९ बजेका लागि संवैधानिक परिषद्को बैठक बोलाएका हुन् ।

    तथापी, उक्त बैठकमा संवैधानिक परिषद्‌का सदस्य सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नहुने बुझिएको छ । यस भन्दा अघिअध्यादेशमार्फत गरिएको व्यवस्थाको पार्टीले विरोध गरेकाले  देउवा  नजाने उनको  सचिवालयले जनाएको छ । सभामुख  सापकोटा  पनि  यस भन्दा अघि अध्यादेशमार्फत गरिएको  कार्य प्रति अशन्तुष्ट जनाउँदै सर्वोच्च गएकाले यो पटक पनि  सापकोटा जनाने उनको प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताएका छन् । 

    संवैधानिक परिषद्‌मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधिसभामा विपक्षी दलका नेता र प्रतिनिधिसभाको उपसभामुख सदस्य हुन्छन् । हाल उपसभामुख पद रिक्त छ ।

     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com