काठमाडौं २४ बैशाख । ललिता निवास जग्गा प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई थुनामुक्त गर्ने कि नगर्ने विषयमा सर्वोच्च अदालतका न्यायाधीशद्धयबीच राय बाझिएको छ ।न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईबीच शुक्रबार राय बाझिएपछि मुद्दाको सुनुवाइ सर्वोच्चको पूर्ण इजलासमा हुने भएको हो।
ढकालको मुद्धा तीन करोड धरौटी लिएर छाड्ने राय दिएका खतिवडा र छोड्न नहुने राय दिएका भट्टराईबीच राय बाँझिदा मुद्धाको सुनुवाई नभएको हो ।अब यो मुद्दा पूर्ण इजलासमा जाने भएको छ।सोही जग्गा प्रकरणमा मुछिएका अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई जेष्ठ नागरिक भएकाले पाँच लाख धरौटीमा छोड्न सर्वोच्चले आदेश आदेश दिएको छ।
© 2022 All Right Reserved osnepal.com
Site By: SobizTrend Technology