• २०७९, जेठ ६ गते शुक्रवार

ताजा अपडेट

१२ जनामा सङ्क्रमण

९ घण्टा अगाडि

१२ जनामा सङ्क्रमण

९ घण्टा अगाडि

ट्रेन्डिङ

images

उपत्यकाबाहिर जाने यात्रुबाट बढी भाडा लिएर ठगी गर्ने तीन जना समातिए

उपत्यकाबाहिर जाने यात्रुबाट बढी भाडा लिएर ठगी गर्ने तीन जना समातिए

  • बैशाख २४, २०७८ शुक्रवार १९:५८ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 548
    SHARES
  • काठमाडौँ, २४ वैशाख : महानगरीय ट्राफिक प्रहरी महाशाखाले बढी भाडा लिएर ठगी गर्ने तीन जनालाई आज पक्राउ गरेको छ । उनीहरुले उपत्यकाबाहिर जाने यात्रुबाट तोकेकोभन्दा तीन गुणा बढी भाडा लिएको पाइएको छ । कोटेश्वरबाट धनुषाका ४३ वर्षीय कृष्ण देवकोटा र झापा गौरदहका ४२ वर्षीय खड्गबहादुर भण्डारी तथा गौशालाबाट दोलखा सिंगटी घर भई भक्तपुर बस्ने ३४ वर्षीय राम सुरेललाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । 

    उनीहरु पूर्व झापा÷मोरङ जाने यात्रुसँग जनही रु तीन हजारदेखि चार हजार ५०० सम्म भाडा लिने इन्द्रेणी हायसको काउण्टर र प्रदेश ३–०१–००६ख १४३१ नम्बरको भाडा बसका कर्मचारी हुन् । उपत्यकामा जारी भएको निषेधाज्ञापश्चात् वैदेशिक रोजगारबाट आई घर फर्किने र अत्यावश्यक परी घर जान लागेका यात्रुलाई ठगी गर्ने गौशाला र कोटेश्वरको टिकट काउन्टरबाट पक्राउ गरिएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।

    महाशाखाले सादा पोशाकमा प्रहरी टोली खटाएर छड्के जाँच तथा अनुगमन गरी यसरी बढी भाडा लिई ठगी गर्ने व्यक्तिलाई कारवाही थालेको हो । “महामारीको अवस्थामा यात्रुहरु ठगिन सक्ने कुरालाई मध्यनजर गरी विशेष टोली परिचालन गरेका छौँ, टोलीले आफैँ यात्रु बनेर भाडा मोलमोलाई गर्ने त कहिले यात्रुसँग गोप्यरूपमा बुझ्ने, सोधपुछ गर्ने र बढी भाडा लिएको पाइए निगरानीमा राखी नियन्त्रणमा लिने गरेको छ”, भट्टराइले भन्नुभयो ।

    यसअघि बिहीबार यसैगरी बढी भाडा लिएका छ जनालाई पक्राउ गरी आवश्यक कारबाही थालिएको छ । कोभिड–¬१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निषेधाज्ञामा मौकाको फाइदा लिई ठगी गर्ने क्रम बढेको छ । प्रहरीले कुनै गुनासो भएमा प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोलको १०३ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ । (रासस) 

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com