• २०७९, जेठ ६ गते शुक्रवार

ताजा अपडेट

१२ जनामा सङ्क्रमण

८ घण्टा अगाडि

१२ जनामा सङ्क्रमण

८ घण्टा अगाडि

ट्रेन्डिङ

images

मेचीनगरमा अक्सिनजसहितको ३० श्ययाको आइशोलेसन कक्ष स्थापना 

मेचीनगरमा अक्सिनजसहितको ३० श्ययाको आइशोलेसन कक्ष स्थापना 

  • बैशाख २४, २०७८ शुक्रवार २०:०९ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 347
    SHARES
  • झापा, २४ वैशाखः मेचीनगर नगरपालिकाले कोभिड १९का सङ्क्रमितका लागि अक्सिजनसहितको ३० श्ययाको ओइशोलेसन कक्ष स्थापना गरेको छ ।  मेचीनगर—११ स्थित धाइजन स्वास्थ्य चौकीको भवनमा तयार गरिएको केन्द्रमा एक  डाक्टरसहित दुई जना स्टाफ नर्स र दुई जना सहयोगीको समेत व्यवस्था गरेको  प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले जानकारी दिनुभयो । 

    सो आइशोलेसन कक्ष गत बर्षको कोरोना सङ्क्रमणका समयमा क्वारेन्टिनका रुपमा प्रयोग गरिएको थियो । नगरमा दोस्रो लहरको कोरोना भेरियन्टका संक्रमित बढेसँगै होम आइशोलेसनमा बसेकाहरुका लागि १०० थान अक्सिजन माक्सको समेत व्यवस्था गरेको उहाँले बताउनुभयो ।  उहाँले भन्नुभयो, “होम आइसोलेसनमा बसेका संक्रमितहरुका लागि औषधि स्वास्थ्यकर्मीमार्फत घर घरमै पुर्याउने र कसैलाई श्वास फर्न समस्या गाहे भएमा अक्सिजन पनि पठाउने व्यवस्था गरेका छौं ।” नगरले दुईवटा एम्बुलेन्सको व्यवस्था गरेको छ । 

    उहाँका अनुसार एम्बुलेन्समार्फत नै नगरभित्रका सङ्क्रमितहरुलाई अस्पतालसम्म निःशुल्क पु¥याउने व्यवस्था मिलाइएको छ ।  नगरपालिकाले आज नगरभित्र सञ्चालनमा रहेका सबै एम्बुलेन्सका चालक, सर्पदंश उपचार केन्द्र र आम्दा मेची अस्पताल धुलावारीलाई स्वास्थ्य सुरक्षणका सामग्री प्रदान गरेको छ । 
      
    कोभिड–१९ नियन्त्रण तथा सङ्क्रमितहरुको उपचारमा छिटो र छरितो रुपमा सेवा दिने उद्देश्यले वडाध्यक्षहरुको संयोजकत्वमा वडास्तरीय ‘¥्यापिट रेस्पोन्स टिम’ समेत गठन गरिएको छ । समितिले हरेक वडाका टोल विकास संस्थाहरुसँग समन्वय गरेर काम गर्ने सामाजिक शाखा प्रमुख अनन्तप्रकाश वस्तीले जानकारी दिनुभयो । उहाँले १५ वटै वडाका स्वास्थ्यचौकीका प्रमुखहरुलाई कोरोना सङक्रमण नियन्त्रणका लागि फोकल पर्सन तोकिएको बताउनुभयो । 

    नगरमा दिन विराएर पीसीआर परीक्षणका लागि स्वाव सङ्कलन गर्ने, पीपीई सेट, सेनिटाईजर, ग्लोब्सलगायतका स्वास्थ्य सामग्रीको अभाव हुन नदिन पर्याप्त खरिद गरिसकिएको र आठ सय  भीटीएम मौज्दात राखिएको उहाँको भनाइ छ ।  (रासस) 

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com