• २०७८, माघ १५ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

वाग्मती प्रदेशका रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि तीन उम्मेदवारी दर्ता

वाग्मती प्रदेशका रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि तीन उम्मेदवारी दर्ता

  • बैशाख २४, २०७८ शुक्रवार २०:४१ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 742
    SHARES
  • काठमाडौँ, २४ वैशाख ः वाग्मती प्रदेशका रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि एक स्वतन्त्रसहित तीन जनाको उम्मेदवारी मनोनयनपत्र दर्ता भएको छ ।

    आगामी  जेठ ६ गते  हुने उपनिर्वाचनका लागि नेपाल मजदूर किसान पार्टीका कृष्णबहादुर तामाङ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का  रामबहादुर थापा र स्वतन्त्र डा खिमलाल देवकोटाले मनोनयनपत्र दर्ता गराउनुभएको हो ।

    मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची आज नै प्रकाशन गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय, हेटौंँडामा स्थापना गरिएको छ ।(रासस)
     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com