• २०७८, माघ १५ गते शनिवार

ताजा अपडेट

ट्रेन्डिङ

images

राष्ट्रिय ऐक्यबद्धता कायम गरी कोभिड नियन्त्रणमा अर्थपूर्ण कदम अघि बढाउन आग्रह

राष्ट्रिय ऐक्यबद्धता कायम गरी कोभिड नियन्त्रणमा अर्थपूर्ण कदम अघि बढाउन आग्रह

  • बैशाख २४, २०७८ शुक्रवार २०:५५ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 835
    SHARES
  • काठमाडौँ, २४ वैशाख  ः राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि राष्ट्रिय ऐक्यबद्धता कायम गरी अर्थपूर्ण कदम अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ । कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि राष्ट्रिय ऐक्यबद्धता कायम गर्ने गराउने सन्दर्भम  आयोगले सरकारको विशेष ध्यानाकर्षण गराएको हो ।
         
    आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा संक्रमितको उपचारार्थ सरकारका सम्पूर्ण संयन्त्र, प्रदेश तथा स्थानीय सरकारलाई परिचालन गर्नाका साथै राजनीतिक दललाई समेत एक हुन  आग्रह गरिएको छ ।      

    कोभिड–१९ का कारणले उत्पन्न सबै असरको सम्बोधन गर्न, व्यक्तिको जीवन, स्वास्थ्य र दैनिक जीवनमा अत्यावश्यक पर्ने सेवा, वस्तुको पहुँच, आपूर्ति व्यवस्थापन तथा नियमन गर्न, अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतको मनोबल उच्च राख्न आयोगले आग्रह गरेको छ । त्यस्तै न्यून आर्जन भएका श्रमिक तथा ज्यालामजदूरी गरी जीवनयापन गर्ने वर्गका लागि जीविकोपार्जनका आवश्यक कार्यक्रमको व्यवस्थापन गर्न गराउन  पनि आयोगले सरकारलाई  निर्देशन गरेको छ ।
     
    आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयबाट अनुगमन गरी सरकारलाई ध्यानाकर्षणसहितको पत्राचार गरिएको छ । आयोगबाट गरिएको अनुगमनबाट प्राप्त तथ्य र सूचनाका आधारमा अस्पताल  संक्रमितले भरिभराउ भएको, शय्या नपाएर  अस्पताल बाहिरसमेत बिरामी बस्नुपरेको तथा बढी संख्यामा संक्रमित भएका स्थानमा अक्सिजनको अभाव रहेको पाइएको छ ।
     
    त्यस्तै निजी अस्पतालले बिरामीे भर्ना नलिएको, भर्ना लिएका अस्पतालले संक्रमितबाट चर्को शुल्क असुल गरिरहेको र तिनलाई आवश्यक पर्ने स्वास्थ्य उपकरण, रेम्डिसिभरलगायत औषधिको चर्को मूल्यमा बिक्रीवितरण भइरहेको एवं सीमाक्षेत्रबाट अनियन्त्रित तथा अव्यवस्थित तरिकाबाट नेपाल प्रवेश र अन्य व्यवस्थापनको कमजोरीका कारणले संक्रमण स्थानीयस्तरसम्म पुग्ने अवस्था रहेको अनुगमनबाट पाइएको छ ।(रासस)
     
                   

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2022 All Right Reserved osnepal.com